Sharing is caring!

दमौली २१माघ । जिल्ला समन्वय समितिको नाममा प्रशासन कार्यालय नजिकै र बजारका विभिन्न भागमा सयौं रोपनी जग्गा रहेको छ । जुन जग्गाको विषयमा जिल्ला समन्वय समितिलाई समितिलाई पूर्ण जानकारी रहेको अवस्था छैन ।

तत्कालिन जिल्ला विकास समिति रहँदा जग्गाको बारेमा जानकारी लिनका लागि एउटा समिति समेत गठन गरिएको थियो ।जुन समितिले प्रतिवेदन समेत बुझाएको थियो ।तर तत्कालिन जिल्ला विकास समिति र हालको जिल्ला समन्वय समितिको नाममा कति जग्गा रहेको छ भनेर हाल सम्म सार्वजनिक गरिएको अवस्था छैन । यहि बीचमा जिल्ला समन्वय समितिको नाममा रहेको महत्वपूर्ण जग्गा निश्चित अवधिका लागि व्यास नगरपालिकालाई पार्क देखि खेल मैदान निर्माणका लागि दिइएको समेत छ । जुन विषय प्रति जिल्ला समन्वय समिति भित्र समेत एकमत रहेको पाइदैन ।यसरी अलपत्र अवस्थामा रहेको जिल्ला समन्वय समितिको जग्गाको विषयमा सेतीमादी छड्के लामो समय देखि निगरानी गर्दे आईरहेको थियो । यसरी  निगरानी राख्ने क्रममा सेतीमादी टिमले आइतबार प्रशासनचोक स्थित जिल्ला समन्वय समितिको जग्गा भित्र छड्के गरेको छ ।सेतीमादी टिमले छड्के गर्दा उक्त जग्गा परिसर भित्र गाई पालेको देखि कर्मचारीहरुले तरकारी खेती गरेको भेटिएको थियो ।त्यस्तै सेतीमादी छड्केको टिमले अनुगमन गर्र्दा  उक्त जग्गा भित्र बनेका भवनमा अत्यन्त कम शुल्क तिरेर कर्मचारीहरु  बसेको बुझिन आयो । जसले गर्दा जिल्ला समन्वय ठूलो नोक्सानी बेर्होदै आई रहुन परेको छ । जुन विषयको बारेमा जिज्ञासा राख्न सेतीमादी टिम जिल्ला समन्वय समिति तनहुँका समन्वय अधिकारी प्रेमराज गिरीसंग पुगेको थियो ।

समन्वय अधिकारी गिरीसंग जिल्ला समन्वय समितिको जग्गा यसरी व्यवस्थित देखिएको छ यसमा तपाईको के धारणा छ भनि प्रश्न राखेको थियो । सेतीमादी टिमले यसरी प्रश्न राख्दा समन्वय अधिकारी गिरीले आफू हालै मात्रै सरुवा भएर आएको हुँदा पूर्ण विवरण जानकारी नभएको भएपनि यस विषयमा जानकारी लिने बताउँदै जग्गाको संरक्षणमा विशेष ध्यान दिने बताए ।त्यस्तै समन्वयको जग्गामा गाइपालन देखि तरकारी खेती गर्न मिल्छ भनि अर्को प्रश्न गर्दा समन्वय अधिकारी गिरीले को बाट त्यस्तो भएको हो यस विषयमा जानकारी लिने समेत बताए । त्यसैगरी जिल्ला समन्वय समितिको जग्गामा व्यक्तिको घर ठडिदाँ समेत जानकारी बिहिन हुन मिल्छ भनि जिज्ञासा राख्दा त्यस्तो हुन नहुने र त्यस विषयमा आफूले जानकारी लिने बताएका थिए । त्यसक्रममा उनले विसघरे हालको देउराली नगरको जग्गाको विषयमा जिल्ला समन्वय समिति के गर्ने भन्ने विषयमा छलफल भईरहेको समेत बताए । यद्यपी कर्मचारी समायोजनको प्रक्रिया चलिरहेको हुँदा आफू कति दिन रहने हो र कति काम गर्न पाउने हो भनेर यसै भन्न नसकेको समन्वय अधिकारी गिरीको भनाई थियो ।https://www.youtube.com/watch?v=ddQnZtr1Fpc&feature=youtu.be&fbclid=IwAR0MHK9Dbyeo1jLq7ZMkMFfdzgj0Tkqqy7ZWnI1XWK2lxflogo7Rl58XPZ8

यता जिल्ला समन्वय समितिको नाममा दमौली भित्र रहेका करोडौं मूल्य बराबरको जग्गा व्यवस्थित गर्ने विषयमा निर्वाचित जनप्रतिनिधीहरुले समेत कुनै चासो नदिएको सर्वसाधारणको गुनासो रहेको छ । जिल्ला समन्वयको करोडौंको जग्गा दोबाटोको बुर्की हुने त होइन भनि सर्वसाधारणहरु चिन्तित हुन थालेका छन् ।

 
 
 
shares