Sharing is caring!

दमौली २४ जेठ

नेपाली काग्रेसको जागरण अभियान अन्र्तगत प्रथम चरणको समापन भव्य रुपमा सम्पन्न गर्नका लागि नेपाली काग्रेस तनहुँले व्यापक तयारी गरेको छ ।
नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोलाले दिएको जानकारी अनुसार प्रथम चरणको जागरण अभियान भव्य रुपमा सम्पन्न गर्नका लागि बिहिबार केन्द्रीय प्रतिनिधी नविन्द्रराज जोशी सहित जिल्ला कार्यसमितिको छलफल भएको थियो । त्यसैगरी भातृसंगठन र शुभेच्छुक संस्थाहरु संग समेत छलफल भएको थियो । जागरण अभियान भव्य रुपमा सफल बनाउनका लागि १० वटै स्थानीय तहमा सर्कुलर गरिएको सचिव वास्तोलाले बताए । साथै सचिव वास्तोलाले २५ गते कार्यक्रममा सहभागी हुन पार्टीका नेता तथा कार्यकर्ता, बुद्धिजीवि, शिक्षक प्राध्यापक, मजदुर र सम्पूर्ण लोकतन्त्र प्र्रेमी तनहुँबासीलाई आव्हान गरिएको समेत बताए ।

 
 
 
shares