Sharing is caring!

दमौली २० पुुस । जबरजस्ती करणीको अभियोगमा व्यास ११ रानीगाउँका एक व्यक्तिको प्रहरीको नियन्त्रणमा परेका छन् ।

यसरी प्रहरी नियन्त्रणमा पर्नेमा ३८ बर्षिय वरुणराज डौलिया रहेका छन् । डौलिया माथि १६ बर्षिय बालिका माथि जवरजस्ती करणी गरेको अभियोग लागेको छ । डौलियाले विद्यालय पुरयाई दिन्छु भन्दै आफूलाई पोखरी भञ्ज्याङको जंगलमा लगि जबरजस्ती करणी गरेको पीडित बालिकाले प्रहरी समक्ष बताएकी छन् ।

४ दिन अगाडिको यस घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्यामु अर्यालले बताएका छन् ।

 
 
 
shares