Sharing is caring!

दमौली २ चैत । अघिल्लो बर्ष भएको प्रतिनिधी सभा निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट निर्वाचन लडेका काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी निर्वाचनमा पराजित भए ।

मन्त्री भएको अवस्थामा चुनाव हार्दे गर्दा पूर्वमन्त्री भण्डारीलाई एक किसिमको पीडा थियो । तर पनि त्यो पीडालाई भुलेर यतिखेर काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भण्डारी जनताको पीर मर्का बुझ्न जिल्लाबासीको दैलो —दैलोमा पुग्न भने छाडेका छैनन ।

पूर्वमन्त्री भण्डारी यसरी जिल्लाबासीको दैलो —दैलोमा पुग्दा काग्रेस कार्यकर्ता उत्साही भएका छन् भने अन्य सर्वसाधारणहरु समेत खुसी हुने गरेका छन् । किनकि भण्डारीमा एउटा त्यस्तो गुण छ उनले कसैलाई पनि राजनीतिक चश्माले हेरेर भेदभाव गर्दैनन् । भण्डारीको जुन गुणले गर्दाले अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले समेत उलनाई छुट्ै दृष्टिकोणले हेर्ने गर्दछन् ।

पूर्वमन्त्री भण्डारी यतिखेर हप्तै पिच्छे जिल्ला आउने गरेका छन् । यसरी जिल्ला आउँदा कार्यक्रममा सहभागी हुनुका अलावा जिल्लाबासीले सडक ,खानेपानी ,विद्युत ,टेलिफोन ,शिक्षा र स्वास्थ्य लगायतका विषयमा भोग्दै आउनु परेको समस्याका बारेमा समेत चासो लिने गर्दछन् ।त्यसक्रममा पूर्वमन्त्री भण्डारीले सम्बन्धित कार्यालयका प्रमुखहरु तत्काल टेलिफोन गरी के कति कारणले काम रोकिन पुगेको हो र कहाँ भन्नु पर्छ भनि जानकारी लिने गर्दछन् । अनि काम सम्पन्न गर्नका लागि सम्बन्धित निकाय संग समेत सम्र्पक गर्ने गर्दछन् । पूर्वमन्त्री भण्डारीको शैली देखेर अन्य पार्टीका कार्यकर्ताहरु समेत नेता हुनु त भण्डारी जस्तो पो हुनु भनेर भन्ने गर्दछन् । धेरैको अपेक्षा थियो अघिल्लो बर्ष भएको प्रतिनिधी सभा निर्वाचनमा समेत भण्डारी क्षेत्र नं १ बाट नै निर्वाचन लड्ने छन् भनेर तर काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको हठका कारण भण्डारी क्षेत्र नं २ मा निर्वाचन लड्न गए । क्षेत्र नं २ मा निर्वाचन लड्न जाँदै गर्दा पनि पार्टीले भन्दा २ हजार मत बढी भण्डारीले ल्याएका थिए । तनहुँ काग्रेसको राजनीतिलाई नजिकबाट नियालेर हेर्नेहरु ऋषिङ,म्याग्दे र व्यासको मादी पारीको भाग काग्रेसले होल्डमा राख्न सकेको भए चुनाव स्थिती रहेको थियो ।तर त्यसमा काग्रेस चुक्यो ।जसका कारण भण्डारीले निर्वाचन हार्न पुगे । चुनाव हारे पनि भण्डारी यतिबेला जिल्लाका दुवै निर्वाचन क्षेत्रमा पुगेर जनताको समस्या बुझ्ने गरेका छन् ।

पूर्वमन्त्री भण्डारी आफू पदमा रहे पनि नरहे पनि जनताका माँझ जान नछाड्ने बताउँछन् । निर्वाचन जितेकाले भन्दा आफू चुनाव हारे पनि बोली बिक्ने हुँदा जनताका समस्या बुझ्नका लागि जनताको दैलो—दैलोमा पुग्ने गरेको भण्डारी बताउँछन् ।

आफ्नो निर्वाचन क्षेत्र छोड्नु भण्डारीको कमजोरी
यसैबीच अघिल्लो प्रतिनिधी सभा निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र वरिष्ठ नेता पौडेललाई छाड्नु ठूलो कमजोरी भएको जिल्लाबासी बताउँछन् । भण्डारी क्षेत्र नं १ बाट निर्वाचन लडेको भए सहजै जित्ने अवस्था थियो आज पनि जिल्लाबासीहरु भन्ने गर्छन । अबको निर्वाचनमा भण्डारीले क्षेत्र नं १ कुनैपनि हालतमा छाड्न नहुने जिल्लाबासीको तर्क रहेको छ ।

 
 
 
shares