Sharing is caring!


दमौली ३१ वैशाख । व्यास १२ भड्खला स्थित मत्स्यकन्या आधारभूत विद्यालयमा छिट्ै पोशाक उपलब्ध गराउने प्रतिबद्धता तनहुँ क्षेत्र नं १ सांसद श्रेष्ठले जाहेर गरेको सांसद श्रेष्ठको सचिवालयले जनाएको छ

सांसद श्रेष्ठले गरेको प्रतिबद्धता एक बर्ष बित्दा पनि पुरा भएन भनि सेतीमादी दैनिकको मंगलबारको अंकमा समाचार प्रकाशित भए लगत्तै सांसद श्रेष्ठको सचिवालयले ध्यानाकर्षण पत्र पे्रषित गर्दे सो प्रतिबद्धता जाहेर गरेको हो । प्रेसित प्रतिबद्धता पत्रमा विद्यार्थीको नापो समयमा उपलब्ध हुन नसकेको र ट्रयाक सिलाउने उद्योगले ढिलाई गरेका कारण पोशाक हस्तान्तरणमा ढिलाई भएको समेत सचिवालयले जनाएको छ ।

श्री सम्पादक ज्यु
सेतीमादी दैनिक, दमौली
यस सेतीमादी दैनिकमा मिति २०७६ बैशाख ३१ गते प्रकाशित ‘सांसद श्रेष्ठले गरेको प्रतिबद्धता एक वर्ष वित्दा पनि पुरा भएन’ शिर्षकको समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ । उक्त समाचारमा उल्लेख भए अनुसारको व्यास नपा १२ भडखाला स्थित मत्स्यकन्या आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई गत शैक्षिक सत्र भित्रै विद्यालय पोशाक उपलब्ध गराउने तनहँु क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद माननीय कृष्णकुमार श्रेष्ठ किसान ज्युको प्रतिबद्धता रहेको थियो ।

उक्त विद्यालयका सबै विद्यार्थीलाई पोशाक उपलब्ध गराउने प्रतिबद्धताबाट हामी पछाडी हटेका छैनौं । उक्त प्रतिबद्धता पुरा गर्ने अभियानमा नै लागि रहेका छौं । तर विद्यालयबाट हरेक विद्यार्थीको पोशाकको नापो समयमा उपलब्ध हुन नसकेको र ट्र्याक सिलाउने उद्योगले गरेको ढिलाईको कारण समयमै विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराउन नसकिएको स्पष्ट पार्न चहान्छौं । र केही दिन भित्रैमा यहाँहरु सबै पत्रकार ज्युहरुको उपस्थितीमा उक्त विद्यालयका विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउन चहान्छौं ।
राज्यले सांसद भए वापतको आफुलाई दिएको तलब भत्ता वापतको रकम त जिल्लाका विभिन्न संघ संस्थालाई मासिक रुपमा उपलब्ध गराउँदै आउनु भएका माननिय सांसद श्रेष्ठले कलिला विद्यार्थी माझ गरेको प्रतिबद्धता कहिल्यै भुल्नु हुने छैन र प्रतिबद्धता अनुसारको काम पनि चाँडै नै सम्पन्न हुने यहाँ र यहाँको पत्रिकालाई जानकारी गराउँन चहान्छौं ।
स्वकिय सचिव
माननीय कृष्णकुमार श्रेष्ठको
सचिवालय

 
 
 
shares