Sharing is caring!

दमौली २९ जेठ
बजार क्षेत्रका अधिकांश घरको छतमा जम्मा भएको पानी सिधै पाइप जोडेर सडकमा फ्याक्ने काम भईरहेपनि त्यस विषयमा नगरपालिका को ध्यान पुग्न सकेको छैन ।


जसले गर्दा बजार क्षेत्रका सडकको अवस्था दिनप्रति दिन नाजुक बन्दै जान थालेको छ । यसैक्रममा छते धाराबाट सिधै सडकमा पानी खसाल्दा हालै पीच गरिएको सफा सडक समेत भत्किने सम्भावना बढ्दै गईरहेको छ । छते धाराका कारण सडकको अवस्था मात्र नभई पानी परेको समयमा सडक पेटीबाट हिड्दा पैदल यात्रुहरुले निकै सास्ती बेर्होदै आईरहनु परेको छ ।

 
 
 
shares