Sharing is caring!

दमौली २९ जेठ
चितुवाको आक्रमणबाट ज्यान गुमाएकी भानु नगरपालिका वडा नं २ भुकन्थोककी ९ बर्षिय बालिका पुष्पा अधिकारीका परिवारजनलाई प्रारम्भिक चरणको राहत उपलब्ध गराइएको छ ।
अधिकारी परिवारजनलाई डिभिजन वन कार्यालय तनहुँले तत्कालका लागि ५० हजार राहत उपलब्ध गराएको हो । मृतकका परिवारले क्षतिपूर्ति १० लाख पाउने डिभिजन वन कार्यालयले जनाएको छ । त्यसका लागि प्रकिया अगाडि बढि सकेको समेत कार्यालयले जनाएको छ । भानु नगरपालिकामा यस अगाडि पनि चितुवाको आक्रमणमा परि दुई बालिका र एक बालकको ज्यान गईसकेको अवस्था छ ।
यता पटक—पटक चितुवाको आक्रमणबाट बालबालिकाको ज्यान गएपछि स्थानीय वासिन्दाहरु निकै त्रसित हुन पुगेका छन् । त्यसमा पनि साँझको समयमा स्थानीयहरु घरबाहिर निस्कन डराउने गरेका छन् ।

 
 
 
shares