Sharing is caring!

दमौली ९ चैत ।
पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्र्तगत व्यास १२ घाँसीकुवामा आज बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए अनुसार बिहान १० बजेको समयमा डुम्रेबाट दमौली तर्फ आउँदै गरेको डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ना ८ ख ३५२७ नम्बरको ट्रकले विग्रिएर रोकि राखेको ना १ क ६१४६ नम्बरको ट्रकलाई ठक्कर दिदाँ ना १ क ६१४६ नम्बरको ट्रकका चालक सन्तोष राईको घटनास्थलामा नै मृत्यु हुन पुगेको थियो । मृतक राई रत्ननगरपालिका वडा नं १ को भएको बुझिएको छ ।त्यस्तै सो दुर्घटनामा परी सोही ठाउँ निवासी किरण राई घाइते भएका छन् ।

ट्राफिक प्रमुख अधिकारीका अनुसार ट्रकको ब्रेक फेल भएका कारण उक्त दुर्घटना हुन पुगेको थियो । ब्रेक फेल भएको ट्रकले ठक्कर दिदाँ दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको बा १८ च ७७८४ नम्बरको हाइलक्स र ग १६ प ११७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको छ । ठक्करबाट स्कुटर चालक सामान्य घाइते भएका छन् । ट्रकले ठक्कर दिदाँ राजमार्गमा निकै डरालाग्दो सवारी दुर्घटना हुन पुगेको थियो । ट्रकको ठक्करले विग्रिएर मर्मत गरिएको ट्रक उत्तानो हुन पुगेको थियो भने हाइलक्सको अगाडिको भाग नराम्ररी क्षतिग्रस्त हुन पुगेको थियो ।यसैबीच घटनाका जानकारी पाए लगत्तै प्रहरी घटनास्थल पुगेर उद्धार गरेको थियो ।यद्यपी केहीबेर राजमार्ग अस्तव्यस्त बन्न पुगेको थियो ।

तस्बिर सौजन्य ः महेश मल्ल

 
 
 
shares