Sharing is caring!

दमौली १ चैत। व्यास नगरपालिका वडा नं १ गल्बुवेसीमा सिसि क्यामेराको अभाव खड्किन थालेको छ।

सिसि क्यामेरा नहुँदा गल्बुवेसी क्षेत्रमा चोरीका घटना हुन थालेका छन् ।यसैक्रममा मंगलबार गल्बुवेसी निवासी सूर्यचन्द हड्खलेको घरमा केही गरगहना र नगद चोरी भएको छ । दिउँसोको समयमा घरमा कोही नभएको मौका पारेर उक्त चोरीको घटना हुन पुगेको हो ।

शहरीकरण तर्फ अगाडि बढ्दै गरेको गल्बुवेसीमा सिसि क्यामेरा जडान गर्ने विषयमा नगरपालिका र वडा विशेष ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ । व्यास नगरपालिका र वडाले ध्यान दिएको खण्डमा टोलबासीहरुद्धारा समेत सहयोग संकलन गरिने स्थानीय बताउँछन् । त्यस्तै गल्बुवेसीको अकला मन्दिर क्षेत्र र आसपासका क्षेत्रमा रातीको समयमा लागूपदार्थका दुव्र्यसनीहरु ओहोरदोहोर गर्ने क्रम समेत बढ्दै जान थालेको छ । त्यसतर्फ पनि ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ ।

 
 
 
shares