Sharing is caring!

स्थानीय तहको निर्वाचन सम्पन्न लगत्तै भानु नगरपालिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुको खिचातानीको सिकार बन्न पुगेको छ । नेकपाका नेताहरुको खिचातानीको सिकार बन्दै गर्दा नगरपालिकाको दैनिक कामकाज देखि विकास निर्माणका कार्यहरु समेत अस्तव्यस्त बन्न पुगेको छ । जसको प्रत्यक्ष मार सिङगो नगरबासीले झेल्दै आउनु परेको छ । प्राप्तजानकारी अनुसार भानु नगरपालिकामा नेकपाका केन्द्र देखि स्थानीय तहका नेताहरुको आ—आफ्नै स्वार्थ रहेको छ । जुन स्वार्थ अनुरुप नगरपालिका चलाउन खोज्दा भानु नगरपालिकामा बेथिती बढ्दै गईरहेको छ । भानु नगरपालिकाको कार्यपालिका बोर्डको अंकगणित हेर्ने हो भने नेकपाको बहुमत रहेको छ ।जुन बहुमतको दम्भ देखाउँदै हरेक विषयमा अवरोध सिर्जना गर्ने काम भईरहेको छ । जसले गर्दा नगरपालिकाले गर्नुपर्ने अपरिहार्य काम कार्वाही समेत अगाडि बढ्न सकेको अवस्था छैन ।

भानु नगरपालिकामा नेकपाका नेताहरुको खिचातानीका कारण अहिले जुन हिसाबले बेथिती बढ्दै गईरहेको त्यस विषयमा बेलैमा ध्यान नपुरयाउने हो भने भानु नगरपालिकामा अझै बेथिती बढेर जाने निश्चित छ । अहिलेको भन्दा पनि बढी बेथिती हुँदा भानु नगरपालिकाको हालत के होला ? जनप्रतिनिधी , कार्यालयका कर्मचारी , राजनीतिक दल ,नागरिक समाज र सम्पूर्ण भानु नगरबासीले एक पटक गम्भीर भएर सोच्ने पो हो कि ? अन्यथा पछि स्थिती झनै विग्रिएपछि पछुताउनु सिवाय अरु केही हुने छैन । आशा गरौं, भानु नगरपालिका भित्रको बेथिती अन्त्यका लागि नेकपाका जनप्रतिनिधी र नेता तथा कार्यकर्ताहरु अवश्य पनि जिम्मेवार ढंगले प्रस्तुत हुनेछन् । आशा गरौं, भानु नगरपालिकामा नेकपाका नेताहरुको खिचातानी अन्त्य भएको खबर छिट्ै सुन्न पाइनेछ ।

 
 
 
shares