Sharing is caring!


दमौली १० साउन 
शुक्लागण्डकी नगरपालिकाकी उप—प्रमुख सविता रसाइलीले क्षेत्राधिकार भन्दा बाहिर गएर खेल मैदान सम्याउनका लागि पत्राचार गरेको खुलासा भएको छ ।


जुन विषय प्रति नगरपालिकाका प्रमुख किसान गुरुङले समेत अनभिज्ञता प्रकट गरेका छन् । प्राप्त जानकारी अनुसार नगरप्रमुख गुरुङ राजधानी गएको मौका छोपेर उप—प्रमुख रसाइलीले शुक्लागण्डकी नगरपालिकाको वडा नंं ७ स्थित मोतिगौडामा निर्माणधिन खेल मैदान सम्याउनका लागि भन्दै स्थानीय बगैंचा युवा क्लवलाई जिम्मा लगाउँदै पत्राचार गरेकी थिइन् । जबकि नगरपालिकाले कुनै जग्गा व्यक्ति तथा संघ संस्थालाई नगरपालिकाको स्वामित्वमा रहेको जग्गा भाडा तथा भोगाधिकार दिनुपरेको अवस्थामा नगरपालिकाको कार्यपालिका बोर्डबाट निर्णय गराउनुपर्ने हुन्छ । तर शुक्लागण्डकी नगरपालिकाकी उप—प्रमुख रसाइलीले न्यायिक समिति मार्फत स्थानीय बगैंचा युवा क्लवलाई सम्याउन भन्दै पत्राचार गरेकी थिइन् । साथै टेलिफोन सम्वादका क्रममा उपप्रमुख रसाइलीले नगरपालिका र वडाको मातहतमा रहने गरी क्लवलाई नगरपालिकाले चाहेको अवस्थामा फिर्ता हुने गरी प्रयोग गर्न दिएको समेत बताएकी थिइन् ।
आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर पत्राचार गरेकी उप—प्रमुख रसाइलीले न्यायिक समितको निर्णय भएको जिकिर समेत गर्दे आएकी र भोगचलनका लागि दिएको विषय आफूलाई जानकारी नभएको बताए । नगरपालिका कार्यपालिकाको निर्णय राख्ने समेत प्रमुख गुरुङगले बताए ।


यता उप—प्रमुख रसाइलीद्धारा स्थानीय युवा क्लवलाई खेल मैदान सम्याउनका लागि अनुमति दिइएको जग्गा स्थानीय श्याम के.सी.का परिवारले समेत आफ्नो भएको दावी गर्दे आईरहेका छन् । के.सी. परिवारले आफूहरु संग प्रमाण समेत रहेको दावी गर्दे आई रहेका छन् । तर विवाद नसुल्झदाको अवस्थामा सम्म उक्त जग्गा वडा मातहत राख्न आफूहरु सहमत रहेको के.सी. परिवारका सदस्य रवि के.सी.ले बताए । क्षेत्राधिकार विपरित उप—प्रमुखद्धारा गरिएको पत्राचार सरासर गलत भएको हुँदा त्यसलाई सच्याईनु पर्ने समेत के.सी. को भनाई रहेको छ । यता उप–प्रमुख रसाइलीले भने न्यायिक समितिको निर्णय अनुसार पत्रचार गरिएको र जग्गा नगरपालिकाको नै भएको बताउँदै आएकी छन् । साथै त्यहाँ उत्खनन गरिएको गिट्टी मैदान सम्याउने काममा प्रयोग भएको समेत उप–प्रमुख रसाइलीले बताएकी छन् ।

 
 
 
shares