Sharing is caring!

सातपत्र चिरेर , जन्माएको गुन छ आमा

तिमी भन्दा ठुलो देउता , यो धर्तीमा कुन छ आमा

दु:ख पर्दा मन्दिर हैन ,तिम्रै काखमा मिल्छ शान्ति

ममता झै चमक ल्याउने,कुन चाहिँ त्यस्तो सुन छ आमा

सुखदुःख ,बिपत्तिमा , लाग्छ तिम्रै हात प्यारो

सधै अटुट साथ न घाम ,न रातको जुन छ आमा


तिमी बिना एक्लो लाग्छ ,जता जान्छु उतै खल्लो

न त मिठो भोजन लाग्छ , न तरकारी नुन छ आमा

पिर नगर्नु दाजुभाइ दिदिबहिनी बस्छौ मिलि

स्वार्थ छैन यो शरीरमा , ममताको खुन छ आमा

कल्पना घर्ती, थापा लम्जुङ्ग


 
 
 
shares