Sharing is caring!

🌹

कर्लि कर्लि केश तिम्रो, तान्दिउँ तान्दिउँ लाग्यो।
जिबनसाथी तिमिलाइ नै छान्दिउँ छान्दिउँ लाग्यो।

बोलाउँदा नि बोल्दिनौ है, नसुने झैँ गरि ,
ढुंगा टिपि ट्याङ ट्याङ, हान्दिउँ हान्दिउँ लाग्यो।

तिमिलाइ पाउँछु भने ~जे नि गर्न तयार छु,
जुन टिपि ले भनेनी, मान्दिउँ मान्दिउँ लाग्यो।

भरिएछ जवानी त्यो, मनै लोभ्याउने गरि,
फुस्किएका चोली तुना, बान्दिउँ बान्दिउँ लाग्यो।

तिम्रो न्यानो अँगालोमा, बसि मिठा बात गर्दा,
आकाश नै खसेपनी धान्दिउँ धान्दिउँ लाग्यो।

नबिना खनाल गौतम
पोखरा लामाचौर

 
 
 
shares