Sharing is caring!

सेतीमादी संवाददाता
दमौली ६ पुस
कार्वाहीका लागि सिफारिस गरिएका पार्टीका पूर्व सह—महामन्त्री गोविन्दराज जोशीले तनहुँ काग्रेसको जिल्ला अधिवेशन गर्ने चेतावनी दिएका छन् ।वर्तमान जिल्ला कार्य समिति असक्षम भएको हुँदा बाध्य भएर पार्टीको जिल्ला अधिवेशन गर्नुपरेको जोशीको भनाई रहेको छ । पूर्व सह—महामन्त्री जोशीले बिहिबार दमौली स्थित आफ्नै निवासमा पत्रकार सम्मलेन आयोजना गरि सो कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा जोशीले जिल्ला अधिवेशन माघ ८ गते गर्ने तयारी भईरहेको समेत जानकारी गराएका थिए । जोशीले सिङगो तनहुँ काग्रेसको अधिवेशन भने पनि उक्त अधिवेशन जोशी काग्रेस (जोका) पक्षधरको अधिवेशन हुने भएको छ । पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार डिल्लीराम अधिकारीको संयोजकत्वमा विशेष अधिवेशनका लागि डिल्लीराम अधिकारी समितिको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको जानकारी गराईको थियो । जसअनुसार समितिको सहसंयोजकमा ऋषिराम पोखरेल, सविच पशुराम गिरी र कोषाध्यक्षमा चिनु पोखरेल रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा बालकुमारी लोहनी, सोलबहादुर चितौरे, बालकृष्ण पौडेल, केशरबहादुर गुरुङ र नरेन्द्र थापा रहेका छन् । त्यसैगरी विनोद खनालको संयोजकत्वमा प्रचारप्रसार समिति समेत गठन गरिएको छ ।

विशेष अधिवेशन गराउने विषयमा केन्द्रीय कार्य समितिलाई समेत जानकारी गराइने जोशीको भनाई थियो । पत्रकार सम्मेलनमा जोशी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका थिए । पौडेल र केन्द्रीय सदस्यहरुको असक्षमताका कारण पार्टीले तनहुँमा हार बेर्होनु परेको जोशीको भनाई थियो । निर्वाचनमा आफू पराजित हुने हारको दोष मलाई दिने यो भन्दा बेइमानी के हो जोशीले ने । निर्वाचनका समयमा केन्द्रीय सदस्य गोविन्द भट्राई बाहेक अरु कोही नेता पनि आफू संग भोट माग्न नआएका जोशी भनाई थियो । ‘गोविन्द भट्राई चाहि कसैले देख्छ कि भनेर राति १० बजे भोट माग्न आथ्यो ।’ अरु कोही आएनन् जोशीले भने ।

महासमिति बैठकमा संगठन मजबुत बनाउन भन्दा पनि गुट बलियो बनाउनका लागि पार्टी सभापति देउवा र पौडेल लागि परेको जोशीको भनाई थियो ।तनहुँमा आफ्नो साथ काग्रेसको संगठन मजबुत बनाउन नसकिने जोशीको तर्क    थियो ।

यता जोशी पक्षधरले पार्टीले आयोजना गरेको विशेष अधिवेशनमा पार्टीका जिम्मेवार तहमा बसेका व्यक्ति र निर्वाचित जनप्रतिनिधी उपस्थित भएको खण्डमा पार्टी संगठनमा समेत गम्भीर असर पर्ने हुँदा पार्टीको जिल्ला नेतृत्व बेलैमा सजग हुनुपर्ने काग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुको भनाई रहेको छ ।

 
 
 
shares