Sharing is caring!

दमौली ६ पुस । कार्वाहीका लागि सिफारिस गरिएका पार्टीका पूर्व सह—महामन्त्री गोविन्दराज जोशीले तनहुँ काग्रेसको जिल्ला अधिवेशन गर्ने चेतावनी दिएका छन् ।

वर्तमान जिल्ला कार्य समिति अक्षम भएको हुँदा बाध्य भएर पार्टीको जिल्ला अधिवेशन गर्नुपरेको जोशीको भनाई रहेको छ । पूर्व सह—महामन्त्री जोशीले बिहिबार दमौली स्थित आफ्नै निवासमा पत्रकार सम्मलेन आयोजना गरि सो कुरा बताएका हुन् ।पत्रकार सम्मेलनमा जोशीले जिल्ला अधिवेशन माघ ८ गते गर्ने तयारी भईरहेको समेत जानकारी गराएका थिए । जोशीले सिङगो तनहुँ काग्रेसको अधिवेशन भने पनि जोशी काग्रेस (जोका ) पक्षधरको अधिवेशन हुने भएको छ । पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार डिल्लीराम अधिकारीको संयोजकत्वमा विशेष अधिवेशनका लागि डिल्लीराम अधिकारी समितिको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको जानकारी गराईको थियो । जसअनुसार समितिको सहसंयोजकमा ऋषिराम पोखरेल , सविच पशुराम गिरी र कोषाध्यक्षमा चिनु पोखरेल रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा बालकुमारी लोहनी ,सोलबहादुर चितौरे ,बालकृष्ण पौडेल, केशरबहादुर गुरुङ र नरेन्द्र थापा रहेका छन् । त्यसैगरी प्रचार प्रसार समितिको संयोजकमा विनोद खनालको संयोजकत्वमा प्रचारप्रसार समिति समेत गठन गरिएको छ ।

विशेष अधिवेशन गराउने विषयमा केन्द्रीय कार्य समितिलाई समेत जानकारी गराइने जोशीको भनाई थियो । पत्रकार सम्मेलनमा जोशी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका थिए । पौडेल र केन्द्रीय सदस्यहरुको असक्षमताका कारण पार्टीले तनहुँमा हार बेर्होनु परेको जोशीको भनाई थियो । निर्वाचनमा आफू पराजित हुने हारको दोष मलाई दिने यो भन्दा बेइमानी के हो जोशीले भने । निर्वाचनका समयमा केन्द्रीय सदस्य गोविन्द भट्राई बाहेक अरु कोही नेता पनि आफू संग भोट माग्न नआएका जोशी भनाई थियो । गोविन्द भट्राई चाहि राति १० बजे भोट माग्न आथ्यो अरु कसैले देख्छ कि भनेर अरु कोही आएनन् जोशीले भने ।

 
 
 
shares