Sharing is caring!

दमौली २२ पुस । गण्डकी प्रदेशले प्रदेशको नीति तथा योजना निर्माणका लागि प्रदेशका विभिन्न जिल्लामा आवधिक योजना तर्जुमाका लागि जिल्ला स्तरीय छलफल तथा सुझाव संकलन कार्याशाला गोष्ठी आयोजना सुरु गरेको छ ।

यसैक्रममा आइतबार आयोगले तनहुँको सदरमुकाम दमौलीमा कार्याशाला गोष्ठी आयोजना गरयो । उक्त कार्याशाला गोष्ठीमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमन ,प्रदेश सांसदहरु आशा कोइराला , डोवाटे वि.क. , सरिता गुरुङको उपस्थिती रहेको थियो । त्यस्तै कार्याशालमा तनहुँ जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको र सरोकारवाला अन्य पक्षहरुको समेत उपस्थिती रहेको थियो । उक्त कार्याशालामा डा. पौडेलले प्रदेशको पञ्च वर्षिय योजना तर्जुमा सम्बन्धी प्रारम्भिक दस्तावेजका विषयमा कार्यक्रममा सहभागीहरुलाई जानकारी गराएका थिए । तर कार्यशालामा उक्त विषयमा जानकारी गराउनु अगाडि कार्यक्रम उद्घाटन सत्रमा भने आयोजक प्रदेश नीति तथा योजना आयोग नराम्ररी अलमल परेको थियो ।


उद्घाटन सत्रमा गण्डकी प्रदेशको दोस्रो वरियताका रुपमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री गुरुङलाई कार्यशालाको अध्यक्ष बनाई उनी भन्दा जुनियर आन्तरिक मामिला तथा कानुन मन्त्री चुमनलाई प्रमुख अतिथी बनाई कार्यक्रम सुरु गरेका थिए । जुन विषयमा आर्थिक मामिला मन्त्री गुरुङले सुरुमै असहमति जनाएका थिए भने आन्तरिक मामिला तथा कानुन मन्त्री चुमनले समेत असहजता महसुस गरेका थिए । जुन विषयलाई सच्याउन मन्त्री गुरुङगले तत्कालै निर्देशन दिएको भएपनि उपाध्यक्ष पौडेलले भने अटेर गरेका थिए । जसले गर्दा उद्घाटन सत्रमा प्रदेशको मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका गुरुङ भन्दा आन्तरिक मामिला तथा कानुन मन्त्री चुमनले पछि बोलेका थिए । जुन विषय प्रति आर्थिक मामिला मन्त्री गुरुङगको असन्तुष्टी रहेको थियो । प्राप्तजानकारी अनुसार उपस्थिती उठाउँदा समेत त्रुटिपूर्ण ढंगले गरिएको भन्दै पहिला उठाइएको उपस्थिती मन्त्री गुरुङगल रद्ध गरिदिएका थिए । गुरुङ र चुमन दुबै जना नेकपाका तर्फबाट प्रदेशमा मन्त्री बनेका हुन् । तर वरियाताका हिसाबमा पार्टी र प्रदेश सरकारमा गुरुङ सिनियर मानिन्छन् ।पार्टी र सरकारमा सिनियर रहेका गुरुङगका अगाडि प्रदेश उपाध्यक्षले किन यस्तो हर्कत गरे निकै चासोको साथ हेरिएको छ ।

आवधिक योजना तर्जुमाका लागि जिल्ला स्तरीय छलफल तथा सुझाव संकलन कार्याशाला गोष्ठी आयोजना गर्दा त यस्तो अलमल देखियो उपाध्यक्ष पौडेलले प्रदेशको नीति तथा योजना कस्ता बनाउलान् भनि सहभागीहरुले व्यङग्य गरेका थिए ।यस विषयमा उपाध्यक्ष पौडेल संग सम्र्पक गर्दा त्रुटि भनि सच्याइको दाबी गरेका थिए ।तर कार्यक्रमका सहभागीहरुले भने उद्घाटन सत्रमा उपाध्यक्ष पौडेलले भने जस्तो सच्याइएको नपाएको बताएका छन् ।

 
 
 
shares