Sharing is caring!

भानु १ फागुन । डिभिजन कार्यालय वन कार्यालय तनहुँका प्रमुख केदार बरालको सूचनालाई आधार मानेर सेतीमादी टिम सोमबार भानु नगरपालिकामा पुगेको थियो ।

सेतीमादी टिम राहत वितरण कार्यक्रम स्थलमा पुग्दा कार्यक्रमका प्रमुख अतिथी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमन पीडित परिवारलाई राहत हस्तान्तरण गरेर मन्तव्य राख्दै थिए । मनतव्यका क्रममा मन्त्री चुमनले सरकारद्धारा प्रदान गरिएको रकम पीडित परिवारलाई थोरै भएपनि मलम लगाउने काम भएको बताउँदै थिए । मन्त्री चुमनले राहत हस्तान्तरण गरेर सरकारले दायित्व पुरा गरेको अनुभूति व्यक्त गर्दे गर्दा स्थानीय बासिन्दाको अनुहारमा अझै पनि नरभंक्षी बाघको त्रास झल्किएको अनुभूति सेतीमादी टिमले गरिरहेको थियो ।
त्यस पछि सेतीमादी टिम लाग्यो स्थानीयको अनुहारमा झल्किएको त्यस किसिमको त्रास सहि हो कि गलत भनेर छुट्याउन । राहत वितरण कार्यक्रम चलिरहेको स्थानबाट करिब ५० मिटर तल तीन जना महिलाहरु हिड्दै थिए । ति तिनजना महिलालार्ई यहाँको पछिल्लो अवस्था कस्तो छ भनि सेतीमादीले प्रश्न राख्यो ।जवाफमा ति महिलाहरुले बाघ मरेको देखिएको भएपनि अझै त्रास रहेको बताएका थिए ।मरेको बाघ नै नरभंक्षी बाघ एकिन नभएका कारण त्रास रहिरहेको उनीहरुको भनाई थियो ।खासगरी बालबालिकाहरुलाई बिहान विद्यालय पठाए पनि बेलुका घर फर्किन् छन् कि फर्किनन् भन्ने त्रास आफूहरु भित्र रहेको उनीहरुको भनाई थियो । नरभंक्षी बाघको आक्रमणबाट तीन जनाको ज्यान गएपछि प्रशासनले विशेष निगरानी राखेको भएपनि पूर्णरुपमा स्थानीयले सुरक्षाको अनुभू ितगर्न नपाएको उनीहरुको भनाई थियो । स्थानीयहरु संग भानुको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएपछि सेतीमादी टिमले पीडित परिवार सरस्वती बसेलसंग पछिल्लो अवस्थाको बारेमा जानकारी लिएको थियो ।त्यसक्रममा बसेलले पनि स्थानीयमा अझै पनि नरभंक्षी बाघको त्रास रहेको बताएकी थिइ्न । उक्त दिनको घटनलाई सम्झदै उनले भनिन् —छोरी विद्यालय छुटेर आएपछि जेठाजुको गएकी थिइ्न ,जेठाजुको आँगन मुनिबाटै बाघ आक्रमण गरयो ।उपचारका दमौली लगेको भएपनि बचाउन सकिएन् निराश मुद्रामा बसेल भनिन् । त्यस्तै सरकारले राहत दिएको विषयमा जिज्ञासा राख्दा बसेलले सन्तान भन्दा ठूलो राहत नभएको बताएकी थिइन् । बसेल मात्र होइन अन्य पीडित परिवारको मुहारमा समेत आफन्त गुमाएर राहत लिदा खासै खुसी देखिएको थिएन ।त्यस्तै राहत हस्तान्तरण कार्यक्रममा सहभागी स्थानीयमा समेत जुन उमङग देखिनु पर्ने थियो त्यो देखिएको थिएन ।


पीडित परिवार र स्थानीयमा देखिएको त्रासका विषयमा सेतीमादी टिमले डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराल संग जिज्ञासा राख्दा बरालले सामुदायिक वन र स्थानीय तहसंग समन्व्य गरेर जंगली जनावरका लागि आवश्यक पर्ने आहाराको व्यवस्था गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताए । त्यस्तै जंगली जनावरको आक्रमणबाट बच्नका लागि सजक हुनुपर्ने समेत बरालको भनाई थियो । नरभंक्षी बाघले झाडी, बालबालिका एक्लै हिड्डुल र बत्ती नभएको अवस्थामा आक्रमण गरेको हुँदा त्यस्तो बेलामा सजगता अपनाउनु प्रतिक्रिया बरालले दिएका थिए ।
त्यस्तै सरकारले प्रदान गरेको राहत विषयमा यहाँको के धारणा छ भनि सेतीमादी टिमले अर्को प्रश्न गर्दा बरालले राहत निर्देशिका अनुसार जंगली जनवारको आक्रमणबाट ज्यान गुमाएका लाई १० लाख र घाइेतलाई ५६ हजार राहत प्रदान गरिएको बताए ।मान्छेको मूल्य पैसा तुलना गर्न नमिल्ने तर राहत स्वरुप रकम प्रदान गरिएको बरालको भनाई थियो ।

 
 
 
shares