Sharing is caring!

दमौली २१ माघ । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एनसेलको कर असुलीमा सरकार मुक दर्शक बनेको बताएका छन् ।

एनसेलबाट ७२ अर्ब कर असुली गर्नुपर्नेमा २३ अर्ब रुपैयाँ मात्र असुली भएको पौडेलको भनाई थियो । एनसेलबाट ४९अर्ब कर असुली गर्न बाँकी रहँदा सरकार मौन रहनु अत्यन्त दुरभाग्य भएको पौडेलको भनाई थियो । वरिष्ठ नेता पौडेलले नेपाली काग्रेस तनहुँद्धारा आयोजित विरोध सभालाई सम्वोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।

त्यति ठूलो रकम कर असुली नहुँदा राज्यले ठूलो नोक्सानी बेर्होनु परेको पौडेलको भनाई थियो । सरकारका जिम्मेवार व्यक्तिहरु प्रलोभनमा परेर कर असुली गर्ने विषयलाई वेवास्ता गरिरहेको पौडेलको भनाई थियो ।

 
 
 
shares