Sharing is caring!

मध्यनेपाल १ जेठ । मध्य नेपाल नगरपालिकाका नगरप्रमुख रमेशकुमार पाण्डे असिनापानीले बालीमा पुरयाएको क्षतिको निरिक्षण गर्न पुगेका छन् ।

यसक्रममा नगरप्रमुख पाण्डे नगरपालिकाको डडुवा र दुर्छा क्षेत्रमा असिनापानीले पुरयाएको क्षतिको निरिक्षण गर्न पुगेका छन् । सो क्षेत्रमा केही दिन अगाडि आएको असिनापानीले मकै बाली लगायत फलफूलमा ठूलो क्षति पुरयाएको छ । यसैबीच असिनापानी पीडित कृषकहरुलाई नगरप्रमुख पाण्डेले नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

 
 
 
shares