Sharing is caring!

सेतीमादी संवाददाता
पुष २९ गते दमौली तनहुँ।

तरूण नेता पुर्णबहादुर गुरूङले दुई तिहाइ सरकारले जनताको जनअपेक्षा अनुसार काम गर्ने नसकेको बताएका छन्। उक्त कुरा नेता गुरूङले शनिबार भानु नगरपालिका वडा न।१२ मा अर्चले युवा क्लबले आयोजना गरेको चौथो फुटबल कपको उद्घघाटन समारोहमा बताएका हुन्।

सरकार वाइडबडी भ्रष्टाचार, बलत्कार र जनता असुरक्षा बढ्दै गएको र यो सरकार दिनप्रतिदिन लाचार र नालायक बन्दै गएको पनि उनको भनाइ थियो। यो सरकार अधिनायकवाद शैलीमा अगाडि बढीरहेको पनि गुरूङले बताएका थिए। आउदो माघ ८ गते सरकारका विरुद्ध सातै प्रदेशमा नेपाल तरूण दलले राखेको विरोध कार्यक्रममा सहभागी हुन गाउका तरूणहरू समेत जान आग्रह गरेका थिए। यश बहुमतको सरकारले खेलकुदको क्षेत्रमा लगानी बढाउनुपर्ने पनि उनको भनाइ थियो।

क्लबका अध्यक्ष सुदिप केसीको सभापतित्वमा भएको कार्यक्रममा नेविसंघका महामन्त्री आनन्दराज त्रिपाठी, महासमिति सदस्य दिपक भट्टराई, समाजसेवी भरत श्रेष्ठ, कांग्रेसका स्थानियनेताहरू गोविन्द ढकाल र चिरञ्जीवी ढकाल लगाएतले बोलेका थिए। सो फुटबल खेलमा ३२ टिम सहभागी भएका छन्।

 
 
 
shares