Sharing is caring!

37CBD56C00000578-3769224-image-m-57_1472743419105

डम्बर अधिकारी
केही बर्ष अगाडि घुम्नका लागि म लण्डन गएको थियो । लण्डन मेरो कल्पना भन्दा बाहिरको संसार थियो । जब हिद्रो विमानस्थलमा म अवतरण गर्दे थिए । त्यहाँका हरेक दृश्यले मलाई प्रभावित पारिरहेको थिए ।झण्डै एक महिना बसाईका क्रममा लण्डनलाई नजिकबाट नियाल्ने अबसर मैले पाएको थिए । त्यहाँका दृश्यहरु हरेक दृश्यले मलाई लोभ्याई रहेका थिए । यस्तै संरचनाहरु हाम्रो नगरमा पनि निर्माण गर्न पाए हाम्रो नगर पनि कति सुन्दर हुने थियो होला भनेर । तर लण्डन घुमेर आएको यो बीचमा हाम्रो नगर विगतमा जस्तो थियो अहिले पनि उस्तै छ । फरक यत्ति होला उप्किएका कालोपत्रेहरुमा अलकत्रा थप्ने काम बाहेक केही भएको छैन ।त्यस्तै एउटा दुई भवनहरु थपिएका होलान् अरु केही थपिएका छैनन् ।

 

लण्डन घुम्ने क्रममा मलाई सबैभन्दा बढी प्रभावित बनाएको थियो थेम्स रिभर लण्डन घुम्ने क्रममा मलाई सबैभन्दा बढी प्रभावित बनाएको थियो थेम्स रिभरले ।जुन नदीले लण्डन शहरको आवात जावतलाई सहज र वातावरणलाई शितलता बनाउन मद्धत पुरयाई रहेको छ । लण्डनमा थेम्स रिभर मात्र होइन शहर भित्र अन्य साना खोलाहरु समेत रहेका छन् । लण्डन शहरको भित्रि भागमा रहेका यि खोलाहरुल शहरको सौन्दर्य र वातावरणमा सुनमा सुगन्ध थपेको रहेछ । त्यतिबेला थेम्स रिभर र भित्रि भागका खोलाहरुमा लण्डनबासी र लण्डन घुम्न आएका पर्यटकहरु डुङगामा सयर गरेको दृश्य देखेको थिए । जुन दृश्यले व्यास नगरपालिका भित्र रहेका सेती ,मादी ,बुल्दी , साँगे , कलेस्ती ,बुल्दी ,छाब्दी खोला मेरो आँखा अगाडि बग्न थाले । अनि थेम्स रिभर र लण्डन भित्रि शहरमा मानव निर्मित खोलाहरुमा लण्डनबासी र पर्यटकहरु डुङगा सयर गरे जस्तै म पनि कल्पनामा डुङगा सयर गर्न पुगे तर एकैछिन झल्यास हुन पुगे । दिनप्रति दिन प्रदुषित हुँदै गएका हाम्रा नदी र खोलाहरुको दृश्य सम्झेर ।

IMG_2823_
लण्डनको उक्त दृश्यका विषयमा कहिले काँही गफगाफ हुँदा मैले कुरो राख्ने गरेको नगरेको होइन ।लण्डनको कुरा छोड्दिऊ भन्दै साथीभाईले विषयबस्तु नै अगाडि बढाउन दिदै नै थिए । जसले गर्दा सेती, मादी ,बुल्दी ,साँगे कलेस्ती र छाब्दी खोलामा डुङगा सयर गर्ने मेरो मन भित्रको इच्छा त्यतिकै मरेर जान्थ्यो । बिहिबार विश्व सरसफाई दिवस २०७५ मनाउँदै गर्दा फेरी एकाएक सेती, मादी ,बुल्दी ,साँगे र छाब्दी खोलामा डुङगा सयर गर्ने मेरो मन भित्रको इच्छा जाग्न पुगेको छ । यस अर्थमा डुङगा सयरको इच्छा जाग्न पुगेको छ कि व्यास नगरपालिका क्षेत्र भित्रका यि खोला नदीहरुलाई संरक्षण गरेर राखेको खण्डमा कुनै दिन डुङगा सयर गर्न नसकिएला भन्न सकिदैन । यत्ति हो कि त्यसका लागि हामीले यि खोला नदीहरुको बेलैमा संरक्षणमा गर्नुभने जरुरी छ ।

 
यसरी निर्माण गर्न सकिन्छ पूर्वाधार
खोला र नदीका हिसाबमा व्यास नगरपालिका निकै धनी रहेको छ । व्यास नगरपालिका भित्र मादी , सेती ,बुल्दी , साँगे ,छाब्दी ,कलेस्ती लगायतका नदी तथा खोलाहरु रहेका छन् ।त्यस्तै सेती नदी लगायत अन्य खोलाहरु समेत व्यास नगरपालिकालाई छोएर बग्ने गरेका छन् । यि मध्ये सेती र मादी नदीलाई मा संरचना निर्माणका लागि ठूलो लगानी गर्नुपर्ने देखिन्छ भने अन्य खोलाहरुमा त सेती र मादी नदीमा भन्दा निकै कम लगानीमा पनि संरचना निर्माण गर्न सकिन्छ । खासगरी बुल्दी , साँगे ,छाब्दी ,कलेस्ती खोलाहरुमा लण्डनमा जस्तो डुङगा सयर गर्ने स्थल बनाउनका लागि दाया बायाँ वाल लगाई खोलाको ठाउँमा पानी तल्याउने हिसाबले वाधहरु बनाउनु पर्दछ ।यस्तो भएको खण्डमा पानीको सतह एउटै हुनेछ र डुङगा सयर गर्न सकिने छ । यसो भन्दै गर्दा यो कुरा असम्भव जस्तो लाग्न सक्छ ।तर असम्भव भन्ने विषय होइन । यत्ति हो त्यसका लागि काम गर्ने भित्रै देखि इच्छा शक्ति हुनुपर्दछ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares