Sharing is caring!

 

सेतीमादी संवाददाता
दमौली १३ मंसिर

पछिल्लो समय व्यास—३ स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँको पार्टी कार्यालय बुख्याचा मात्रै हुन थालेको छ ।
पार्टीका गतिविधीहरु पार्टी कार्यालय भन्दा बाहिरबाट हुन थालेपछि नेकपा तनहुँको पार्टी कार्यालय बुख्याचा हुन थालेको हो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएसगै सुरुका केही दिन दुवै पार्टीका नेता तथा कार्यकर्ता नेकपाको कार्यालयमा सहभागी हुँदा नेकपा पार्टी कार्यालयमा राम्रै चहलपहल देखिन्थ्यो । तर विस्तारै पार्टीका नेताहरु र निर्वाचित सांसदहरुले आ—आफ्नै हिसाबले पार्टीका गतिविधी सञ्चालन गर्न थालेपछि नेकपा तनहुँको पार्टी कार्यालय बुख्याचा हुन थालेको हो ।

बाहिरबाट झट् हेर्दा २०७४ मा भएको संघीय र प्रदेश सभा निर्वाचनमा जिल्लाका ६ वटै निर्वाचन क्षेत्र जितेको नेकपा भित्र कुनै विवाद र गुटबन्दी नभए जस्तो देखिन्छ । तर भित्र भने नेकपा तनहुँ भित्र चरम विवाद र गुटबन्दी रहेको छ । जसका कारण नेता र निर्वाचित सांसदहरुले पार्टी कार्यालय भन्दा बाहिरबाट पार्टीका गतिविधी सञ्चालन गर्दे आईरहेका छन् । नेकपा तनहुँ निकट स्रोत अनुसार नेकपा तनहुँका केन्द्रीय सदस्य पीएल श्रेष्ठ लगायत उनी निकटका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयसगै रहेको एकदेव आले स्मृती तथा चिन्तन प्रतिष्ठानबाट आफ्नो खेमा निकटका गतिविधीहरु सञ्चालन गर्दे आईरहेका छन् । त्यस्तै तत्कालिन माओवादी केन्द्र निकटका नेता तथा कार्यकर्ताहरुले भने व्यास ४ स्थित तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय रहेको स्थानबाट आफ्नो खेमाको गतिविधी सञ्चालन गर्दे आईरहेको बुझिएको छ ।

नेकपाका नेता तथा कार्यकर्ताहरुले एकदेव आले स्मृती तथा चिन्तन प्रतिष्ठान र तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय रहेको स्थानबाट पार्टीका गतिविधी सञ्चालन भईरहेको अवस्थामा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित नेकपाका सांसद कृष्णकुमार श्रेष्ठले व्यास–४ स्थित आफ्नै निवासमा निर्वाचन क्षेत्र सम्र्पक कार्यालय स्थापना गरेर आफ्नो खेमाका नेता तथा कार्यकर्ताका गतिविधी सञ्चालन गर्न थालेका छन् ।

यि बाहेक प्रदेश मन्त्री किरण गुरुङले समेत पोखराबाटै नेकपा तनहुँको आफ्नै हिसाबले गतिविधी सञ्चालन गरिरहेका छन् । खासगरी मन्त्री गुरुङको गतिविधी क्षेत्र नं २ मा केन्द्रित रहेको छ । मन्त्री गुरुङको गतिविधीले क्षेत्र नं २ का सांसद केदार सिग्देललाई असर पुग्ने हिसाबले सञ्चालन भईरहेको छ । उता सांसद सिग्देल पनि पार्टी भित्र आत्मरक्षाको रणनीति अपनाउँदै मन्त्री गुरुङका गतिविधीसंग मुकाबिला गरिरहेको बुझिएको छ । सिग्देल जिल्लाकै पार्टी अध्यक्ष भएपनि क्षेत्र नं १ मा खासै चासो दिएको पाईदैन ।
यिनिहका अलावा प्रदेश मन्त्री हरिबहादुर चुमन, प्रदेश सांसद आशा कोइराला र पूर्व सांसद टुकराज सिग्देलले समेत पार्टी भित्र आफ्नो वर्चश्व कायम राख्नका लागि सक्दो प्रयास गरिरहेको नेकपा तनहुँका निकटका कार्यकर्ताहरुको भनाई रहेको छ ।

 
 
 
shares