Sharing is caring!

सेतीमादी संवाददाता
दमौली ५ पुस


व्यास नगरपालिकाले सञ्चालनमा ल्याएको वहुउदेश्यीय भवनको भाडा महङगो भएपछि व्यवसायीलाई सकस पर्न थालेको छ ।

वहुउदेश्यीय भवनको भाडा अहिलेको अवस्थामा रहने हो केही समय भित्र दुई चार वटा पसल बाहेक अन्य सटरहरु बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ । यसअघि नगरपालिकाले टेण्डरको न्यूनतम शुल्क नै अधिक राखेर टेण्डर आव्हान गर्दा प्रतिस्पर्धात्मक रुपमा व्यवसायीहरुले बढी मूल्यमा टेण्डर हालेका थिए । त्यतिबेला बढी मूल्यमा टेण्डर हाल्ने व्यवसायीहरु हिजोआज व्यर्थे बढी मूल्यमा टेण्डर हालिए छ भनेर पछुताउन थालेका छन् । यसैबीच वहुउदेश्यीय भवनका सटरहरुमा सोचे अनुसारको व्यवसायिक कारोबार नभएपछि व्यवसायीहरुले नगरपालिकासंग भाडा घटाई दिनुपर्ने आवाज समेत उठ्न थालेको छ ।

बहुउदेश्यीय भवन भित्र छिर्न हिच्किचाउँछन् ग्राहक
यसैबीच वहुउदेश्यीय भवनको भाडा महङगो भएका चर्चा चलेसगै त्यहाँका पसलहरुमा राखिएका सामानको मूल्य महङगो हुने अड्कलबाजी लगाउँदै ग्राहकहरु वहुउदेश्यीय भवन भित्र छिर्न हिच्किचाउँने गर्दछन् । त्यस्तै भवनको प्रवेशद्धार समेत सुविधाजनक नभएका कारण झट् ग्राहकहरु वहुउदेश्यीय भवन भित्र नछिर्ने गरेको व्यवसायीहरुको भनाई रहेको छ ।

सटरहरु अझै खाली
वहुउदेश्यीय भवनको सटर महङगो भएका कारण कतिपय सटरहरु अझै पनि खाली रहेका छन् । ति सटरहरु पनि तत्काल भाडामा जाने सम्भावना कम रहेको छ । त्यस्तै भाडा महङगो भएका कारण दोस्रो तलाको हल समेत भाडामा जान सकेको छैन । यद्यपी दोस्रो फ्याल्टको एक भागमा सिद्धार्थ बैंक बस्ने भएको छ भने अन्य भाग नगरपालिकाले नै कार्यालय प्रयोजनका लागि प्रयोग गर्ने तयारी गरेको बुझिएको छ ।

बजारका सटर समेत महङिग्ए
यता वहुउदेश्यीय भवनका सटरहरु महङगो मूल्यमा भाडामा लगाईएसँगै दमौलीका निजी सटरहरुको मूल्य समेत महङिगन पुगेको छ । यसरी सटर भाडा महङिग्दा त्यसको प्रत्यक्ष मार सर्वसाधारणले भोग्नु परेको छ ।

सर्वसाधारणको चाप घट्दो,भाडा बढ्दो
यसैबीच जिल्लामा १० वटा स्थानीय तहको संरचना बनेसगै सदरमुकाम दमौली आउने सर्वसाधारण को चाप घट्दै जान थालेको छ । जसले गर्दा व्यापार व्यवसाय समेत विगतको तुलनामा घट्दो छ । तर नगरपालिका लगायत निजी घरहरुको भाडा दिन प्रति दिन बढ्दै गईरहेको छ । जसको प्रत्यक्ष सर्वसाधारणले बेर्होदै आईरहेका छन् ।

 
 
 
shares