Sharing is caring!

दमौली ८ पुस । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सिधा रुपमा हिन्दु राष्ट्रको पक्षमा नबोले पनि घुमाउरो पारामा हिन्दू राष्ट्रको पक्षमा वकालत गरेका छन् ।

यसरी घुमाउरो पारामा हिन्दु राष्ट्रको पक्षमा वकालत गर्ने क्रममा वरिष्ठ नेता पौडेलले आफू पनि हिन्दू धर्म मान्ने व्यक्ति भएको र सनातन देखि चलि आएको धर्म सस्कृतिको रक्षा गर्नुपर्छ भन्ने मान्यता आफूमा पनि रहेको बताएका थिए । सो कुरा वरिष्ठ नेता पौडेलले आइतबार शनिबार दमौलीमा सञ्चारकर्मीहरु संगको कुराकानीका क्रममा बताएका हुन् । तर नेपाल वहु धार्मिक ,वहु साँस्कृति र बहुजातिय मुलुक भएको हुँदा अन्य धर्म र सस्कृति मान्य नागरिकको भावनालाई ठेस लाग्ने अवस्था सिर्जना गर्न नहुने वरिष्ठ नेता पौडेललको भनाई रहेको छ ।

त्यसक्रममा वरिष्ठ नेता पौडेलले धर्मको विषयलाई काग्रेस पार्टी विवादित हुन नहुने तर्क समेत प्रस्तुत गरेका थिए ।सञ्चारकर्मीहरु संग खुलेर हिन्दु राष्ट्रको पक्षमा नबोलेका पौडेलको भित्रि आशय भने नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने मान्यता रहेको देखिन्थ्यो ।

त्यस्तै नेपाली काग्रेसको जारी महासमिति बैठक अत्यन्त उपलब्धि भएको र यसले कार्यकर्तामा उत्साह थप्ने वरिष्ठ नेता पौडेलको भनाई थियो । काग्रेसको महासमिति बैठकले पारित गरेको विधान सारा विश्वका राजनीतिक दलहरुका लागि उदाहरणीय हुने जिकिर वरिष्ठ नेता पौडेलको रहेको थियो । काग्रेस पार्टीको यो विधानले पार्टीका सबैले समेटेको पौडेलको भनाई रहेको थियो । काग्रेसको महासमिति बैठकबाट पारित विधानले पार्टीलाई लोकतान्त्रिक बाटो तर्फ अगाडि बढ्न मद्धत पुग्ने पौडेलको तर्र्क रहेको थियो ।काग्रेस हिजो लोकतन्त्र प्राप्तिका लडेको पार्टी हो अब आफै पनि झन लोकतान्त्रिक पद्धतिबाट हिड्ने छ पौडेलले भने । त्यस्तै पार्टी सभापति शेरबहादुर देउवा प्रति लक्षित गर्दे वरिष्ठ नेता पौडेलले पार्टी अब कसैको निगाह र कृपाबाट नचल्ने बताएका थिए । विगतमा पार्टी मनोमानी ढंगले चल्दा पार्टीले आजको नियती भोग्नु परेको समेत पौडेलको भनाई रहेको थियो ।

त्यस्तै पार्टीका पूर्व सह—महामन्त्री गोविन्दराज जोशी पक्षधरले माघ ८ मा विशेष जिल्ला अधिवेशन गर्ने तयारी गर्दे छन् नि त्यसलाई के भन्नुहुन्छ भनि राखिएको प्रश्नमा पौडेलले काग्रेस पार्टी संग आवद्ध नभएकाहरुले के के गर्छन ? आफूलाई त्यो सरोकारको विषय नभएको बताएका थिए । साथै जोशीले आव्हान गरेका विशेष जिल्ला अधिवेशनमा सहभागी हुनेहरुको काग्रेस पार्टीमा भविष्य अनिश्चित हुने समेत समेत पौडेलको भनाई रहेको थियो ।त्यस्तै निर्माणधीन तनहुँ जलविद्युत्त आयोजनाका ठेकेदार कम्पनी टाट पल्टिएसगै तनहुँ जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित हुँदैछ छ नि भनि राखिएको प्रश्नमा यस विषयलाई आफूले गम्भीरता पूर्वक लिने र काम प्रभावित हुन नदिनका लागि पहल गर्ने समेत बताएका थिए ।

 
 
 
shares