Sharing is caring!

19511585_451302268570541_7685597074467152200_n
डम्बर अधिकारी

नेपाली काग्रेसका वरिष्ठ नेता यतिबेला यूरोपका विभिन्न मुलुकमा नेपाली जनसम्पर्क समितिद्धारा आयोजना गरिएका कार्यक्रममा सहभागी भईरहेका छन् । काग्रेस वरिष्ठ नेता पौडेलको स्वकीय सचिवालयद्धारा जारी विज्ञप्ती २५ सेप्टेम्बर सम्म आयोजित कार्यक्रममा सहभागी भएर २६ सेप्टेम्बरमा नेपाल फर्कन कार्यक्रम रहेको छ । यो बीचमा वरिष्ठ नेता पौडेल ब्रसेल्स ,लग्जम्बर्ग , बेल्जियम ,फ्रान्स, पोर्चुगल , स्वीजरल्याण्डमा आयोजित कार्यक्रममा सहभागी भईसकेका छन् भने जर्मनी र नेदरल्याण्डको कार्यक्रममा सहभागी हुँदैछन् । यसका अतिरिक्त वरिष्ठ नेता पौडेल युरोपका पर्यटकीय स्थलहरुको घुमफिरमा समेत सहभागी पाइन्छ ।

 

युरोप भ्रमणमा रहेका वरिष्ठ नेता पौडेल जतिपनि कार्यक्रममा सहभागी ति कार्यक्रममा सम्बोधन गर्ने क्रममा पौडेलले पार्टी नेतृत्वका कारण काग्रेसले यो नियती भोग्नु परेको बताएका छन् । त्यतिमात्र होइन पार्टी विधान र प्रक्रिया अनुसार चल्न नसकेको गुनासो समेत पौडेलले गरेका छन् । त्यतिमात्र होइन सम्बोधन क्रममा वरिष्ठ नेता पौडेलले आफूले कहिल्यै पनि पार्टी शीर झुकाउने काम नगरेको दावी समेत गरेका छन् । वरिष्ठ नेता पौडेलले युरोप पुगेर पार्टीका विषयमा जुन किसिमको चिन्ता जाहेर गरेका छन् ।त्यो एक हिसाबले सहि नै छ । तर युरोप पुगेर पार्टी नेतृत्वले केही गर्न सकेन भनेर चोर औंला ठड्याउँदै गर्दा बुढी औंलाले वरिष्ठ नेता पौडेललाई पनि देखाई रहेको अवस्था छ । यस्तो अवस्थामा पार्टी संगठन कमजोर हुनुमा पार्टी नेतृत्व मात्र दोषी छ भनेर औंला ठड्याउनुको कुनै औचित्य देखिदैन । नेपाली काग्रेस पार्टीको विगतलाई फर्केर हो भने पार्टी सभापति शेरबहादुर देउवा ,वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु दोस्रो कालखण्डका नेताहरु हुन । जसले गर्दा पार्टी हाँक्ने दायित्व देउवा र पौडेलको काँधमा आइपुगेको छ । सोही अनुरुप अघिल्लो महाधिवेशनमा देउवा र पौडेल सभापतिका लागि भिडेका थिए । तर देउवाले बाजी मार्न पुगे । सभापतिमा देउवाले बाजी मारेपनि सोचे अनुरुप पार्टी हाँक्न नसकिरहेको आरोप देउवा माथि लाग्दै आईरहेको अवस्था छ । यहीबीचमा पार्टी भित्र आगामी महाधिवेशनको दौड समेत सुरु हुन थालेको छ । यो दौडमा वर्तमान सभापति देउवा सहित , वरिष्ठ नेता पौडेल , कोइराला परिवारका सदस्यहरु डा. शंशाक कोइराला , डा. शेखर कोइराला र सुजता कोइराला , पार्टीका पूर्व महामन्त्रीद्धय कृष्ण सिटौला र प्रकाशमान सिंहले समेत सभापतिमा दाबेदारी गरेको अवस्था छ । यस्तो अवस्थामा वरिष्ठ नेता पौडेलको सभापति बन्ने सपना कसरी पुरा होला ? त्यो निकै सोचनीय विषय बन्न पुगेको छ ।

42059319_1161391307345944_4850779357372743680_n

वरिष्ठ नेता पौडेल आगामी महाधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्ने निश्चित छ । सायद त्यही उम्मेदवारीलाई हर हिसाबले बलियो बनाउनका लागि वरिष्ठ नेता पौडेल युरोप यात्रामा निस्किएको हुनुपर्छ । तर वरिष्ठ नेता पौडेलले सोच्नुपर्ने विषय के छ भने युरोपका सुकिला मुकिला कार्यकर्ताको सहयोगले मात्र उनी सभापति बन्न निकै कठिन छ । यदि साच्चिनै सभापतिमा बन्ने हो भने देशका सतहत्तरै जिल्ला घुमेर काग्रेसका लागि भनेर प्राण हत्केलामा राख्ने कार्यकर्तालाई भेट्नु पर्दछ । उनीहरुले भोगेका पीडा र व्यथाहरुलाई मलम लगाउन सक्नुपर्दछ ।तबमात्र उनीप्रति कार्यकर्ताको सहानुभूति रहनेछ । र आगामी महाधिवेशनमा सभापति बन्नका लागि पौडेलका लागि मार्ग खुल्नेछ । जबसम्म त्यतातिर पौडेलको ध्यान पुग्दैन ।तबसम्म सभापति पद पौडेलका लागि आकाशको फल आँखातिर मर सरह हुने निश्चित छ ।

 

यतिखेर वरियताका हिसाबमा वरिष्ठ नेता पौडेल पार्टी भित्र दोस्रो स्थानमा रहेका छन् । पार्टी भित्र हरेक निर्णय हुँदा वरिष्ठ नेता पौडेलको महत्वपूर्ण भूमिका रहँदै आएको छ । निर्वाचनमा टिकट वितरणमा होस या पार्टी भित्र केन्द्रीय सदस्यको बाँडफाँड अनि भातृसंस्थाहरुको कार्य समिति गठन हुँदा उनको नाममा भागवण्डा हुने गरेको छ । त्यस्तै २०४६ सालको परिवर्तन पछि लामो समय पौडेल सत्तामा रहे मन्त्री ,उपप्रधानमन्त्री देखि सभामुख सम्मको अवसर उनले पाईसकेको अवस्था छ । प्रधानमन्त्री र पार्टी सभापति भने उनकै क्षमताले हुन नसकेको विषय हो ।तैपनि आफूले केही नपाएको गुनासो पौडेलले गर्ने गर्दछन् ।वरिष्ठ नेता पौडेलले यसरी गुनासो गर्नु कहाँसम्मको न्याय संगत विषय हो त्यो त पार्टी भित्र मूल्याङकन हुने विषय हो ।

वरिष्ठ नेता पौडेल काग्रेस भित्र आजका मिति सम्म कुनै दाग नलागेको नेता हुन । तैपनि कार्यकर्ताको भावना अनुरुप चल्न नसक्दा पछिल्लो समयमा उनको व्यक्तिगत जीवन र काग्रेस पार्टीले ठूलो क्षति बेर्होनु परेको छ । जसको ज्वलन्त उदाहरणको रुपमा अघिल्लो बर्ष भएको संसदीय निर्वाचनलाई लिन सकिन्छ । जुन निर्वाचनमा गृह जिल्लामा पौडेल आफू त पराजित भए —भए ।जिल्लाका ६ वटै सिट काग्रेसले गुमाउन पुग्यो । यदि वरिष्ठ पौडेल समानुपातिकमा बसेर देश दौडाहामा निस्किएको भए के काग्रेसको हविगत यो हुने थियो त ? कदापि हुने थिएन ।तर पनि पौडेल अन्तरघातका कारण चुनाव हारेको भन्दै दोष थोपर्नमा नै व्यस्त छन् । यो वरिष्ठ नेता पौडेलको राजनीतिक जीवनको सबैभन्दा ठूलो भूल हो । हेरौ, युरोप भ्रमण पछि पनि वरिष्ठ नेता पौडेलको सोचाईमा कुनै परिवर्तन हुन्छ कि हुन्न ?त्यो त समयले नै बताउँनेछ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares