Sharing is caring!

सेतीमादी संवाददाता
मंसिर २७ गते

नेपाली कांग्रेसको बिहिवार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीको माहसमिति वैठकमा प्रस्तुत हुन लागेको राजनितीक प्रस्तावमा असहमत हुदै विरोध जनाएका छन्।

नेपाल सनातन हिन्दु धर्मसापेक्ष राष्ट्र हुनु पर्ने आवाज उठाउदै आईरहेका   नेता भण्डारीले पार्टीको राजनिती प्रस्तावमा रहेको धर्म निरपेक्षताको परिभाषा हटाउनु पर्ने माग गर्दै आफ्नो धारणा राखेका थिए।

केन्द्रीय सदस्य भण्डारीले धर्म निरपेक्षता हटाउन माग गर्दै सनातन हिन्दु राज्य बनाउन सिङ्गो पार्टी लाग्नुपर्ने बताएपछि भण्डारीको प्रस्तावमा पार्टीका अर्का केन्द्रीय सदस्य  फर्मुल्लाह मन्सुरले ‘संविधान बनाएकोमा गर्व गर्ने अनि धर्म निरपेक्षता हटाउने माग गर्नु जग हँसाउने काम मात्र हो’ भन्दै प्रतिवाद गरेपछि नेता भण्डारीले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, साँस्कृतिक धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र घोषणा हुनुपर्ने र पार्टीको प्रमुख एजेन्डा नै धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु धर्म सापेक्ष राष्ट नेपाल भनेर संविधान मै राख्न पर्छ, नेपाली कांग्रेसको नेपाली जनताको मौलिक व्यवहार र अवधारणाको प्रतिनिधित्व गर्दै स्थापित भएको र कांग्रेसको सिद्धान्त आफ्नै नेपाली मौलिकताले स्थापना गरेको कुरा सवैले स्मरण गर्न अनुरोध गरे।

नेपाल आफै र आफ्नै मौलिक विचार  र सिद्धान्तले  संचालित पार्टी रहेको यथार्थलाई आक्मसाथ गर्दै वहुसंख्यक जनताको भावना लाई सवैले सम्मान गर्न र जनभावना स्वीकार्न सक्नु पर्छ भनेपछि मन्सुर बैठक स्थलमा वाक्य बिहिन हुन पुगेका थिए।

 
 
 
shares