Sharing is caring!

 

सेतीमादी संवाददाता
मंसिर १० गते दमौली तनहुँ

तरुण नेता पुर्णबहादुर गुरुङले जनताले कमाउनिष्ट शब्दलाई कम्युनिस्ट बुझ्दा देश बर्बाद भएको बताएका छन् । उक्त कुरा गुरुङले केहि दिन अगाडि स्वतन्त्र युवा क्लब आँबुखैरेनी गाँउपालिका वडा न.१ गिरानचौरमा राखेको भेटघाट कार्यक्रममा बताएका हुन् ।

खित्रिन खित्रिङ साईकल चलाएर जननेता बनेका व्यक्तिकै परिवारका सदस्य तथा अनुयायीहरु उच्च पदमा पुगेपछि भने दर्जनौं साईकल उद्योग चलाउन पुग्ने रकम बराबरको जिप–कार चढ्न पुगेका छन् । भेलामा आफ्नो धारण राख्दै गुरुङले भने पुष्पलाल देखि मदन भण्डारीले कम्युनिष्ट भनेका तर उनका अनुयाहरुले कमाउनिस्ट बुझिदिदा देश, जनता र स्वयम् कम्युनिस्ट आन्दोलननै बर्बादीको अवस्थामा पुगेको उनको भनाई थियो ।

 
 
 
shares