Sharing is caring!

दमौली २० मंसिर । विवादै विवाद बीच व्यास ७ स्थित क्यामिन माध्यमिक विद्यालयको प्रधानाध्यापकमा विद्यालयका सहायक प्रधानाध्यापक सन्तौष न्यौपाने नियुक्त भएका छन् ।
यसअघि न्यौपानेलाई प्रअमा नियुक्तका लागि विद्यालय व्यवस्थापन समितिले व्यास नगरपालिकालाई सिफारिस गरेको थियो । न्यौपाने संग विद्यालय विकास प्रस्ताव दर्ता गराएका विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णहरि गैह्रेले दर्ता गराएको प्रस्ताव रीत नपुगेको भन्दै विद्यालय व्यवस्थापन समितिले न्यौपानेको मात्रै नाम नगरपालिकामा सिफारिस गरेको थियो । समितिले नियम विपरित आफ्नो प्रस्तावलाई रद्ध गरेको जिकिर गैह्रेको रहँदै आएको छ । प्रस्ताव रद्ध गरिएका गै्रहे प्रअमा नियुक्त न्यौपाने भन्दा सिनियर शिक्षक हुन् । यसैबीच प्रअमा नियुक्त न्यौपानेले बुधबार नै पदभार ग्रहण गरेका छन् ।

 
 
 
shares