Sharing is caring!

दमौली २ मंसिर । शुक्लागण्डकी नगरपालिका वडा नं ३का वडा अध्यक्ष रामकुमार श्रेष्ठको सवारी साधानमा शनिबार वन्दुक भेटिएको छ ।
तत्कालिन एमालेबाट वडा अध्यक्ष श्रेष्ठको सवारी साधानमा भेटिएको बन्दुक प्रहरी बरामद गरेको छ । यद्यपी बन्दुकको लाइसेन्स भएको भने प्रहरीले जनाएको छ । वडा नं ३ मा पार्क विषयमा स्थानीय अनिल तिवारी संग विवाद भएको र सोही अवस्थामा वडा अध्यक्षको सवारी साधानबाट बन्दुक बरामद गरिएको बुझिएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहसंग सम्र्पक गर्दा लाइसेन्स भएको नियन्त्रणमा लिइएको तर कुन उदेश्यले बन्दुक लिएर हिडिएको हो त्यसका विषयमा अनुसन्धान भईरहेको बताए

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares