Sharing is caring!

दमौली १८ मंसिर । व्यास ४ स्थित रत्नहरि मेमोरियल अस्पतालमा पनि बालरोग विशेषज्ञ सेवा सुरु गरेको छ ।
अस्पतालले दिएको जानकारी अनुसार अस्पतालमा बालरोग विशेषज्ञ डा. मुकुन्द तिमिल्सेनाले बिरामी बालबालिकाको स्वास्थ्य परीक्षण गर्नेछन् । दमौलीमा बालरोग विशेषज्ञको सुविधालाई मध्यनजर गरी बालरोग विशेषज्ञ सेवा गरेको जनाएको छ ।बालरोग विशेषज्ञ डा. तिमिल्सेनाले दमौलीकै लोकप्रिय मेडिकलमा समेत सेवा प्रदान गर्ने सो मेडिकलका सञ्चालक राजु दाहालले बताए । दमौलीमा विशेषज्ञ सेवा प्रदान गर्नका लागि साझेदारी रुपमा गरिएको यो प्रयासलाई दमौलीबासीले सकारात्मक रुपमा लिएका छन् । यस हिसाबले अन्य विशेषज्ञहरु समेत भित्रयाउन सके दमौलीमा नै बिरामीको उपचार गर्न सहज हुने दमौलीबासीको भनाई रहेको छ ।

 
 
 
shares