Sharing is caring!

दमौली २ मंसिर । तेस्रो आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवको दोस्रो दिन दर्शकको संख्या उल्लेख्य रहेको थियो ।
दोस्रो दिन महोत्सव सुरु हुन साथ दर्शक महोत्सव स्थल भित्र प्रवेश गर्नेक्रम जारी रहेको थियो । जुनक्रम साँझ सम्म रहेको थियो । दर्शकको संख्या उल्लेख्य भएसगै व्यापारिक स्टलहरुमा समेत भीडभाड देखिन्थ्यो ।त्यस्तै रमाईलो मेलामा समेत दर्शकहरुको संख्या उल्लेख्य रहेको थियो ।
महोत्सवको दोस्रो चर्चित कलाकार टंक बुढाथोकी ,बाल कलाकारद्धय अशोक दर्जी र एआर बुढाथोकीको विशेष प्रस्तुती रहेको थियो । कलाकार बुढाथोकी र बालकद्धयले धन बिनाको मन मन ठूलो कि, मन बिनाको धन ठूलो बोलको गीत गाउँदा महोत्सव स्थलको माहोल निकै उमङिगत हुन पुगेको थियो ।उनीहरुले करिब एक दर्जन गीत गाएका थिए । बुढाथोकीद्धय र दर्जीका अलावा अन्य कालाकारहरुको प्रस्तुती समेत महोत्सवमा रहेको थियो । दोस्रो दिन महोत्सवमा सांसद कृष्णकुमार श्रेष्ठ प्रमुख अतिथी रहेका थिए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares