Sharing is caring!

दमौली ४ मंसिर । तनहुँ जिल्लाका विभिन्न स्थानमा एकादशी मेला लागेको छ ।यसक्रममा सदरमुकाम दमौली स्थित सेतीबुल्दी घाट , शिशाघाट , जंगली महादेव ,मरस्याङदीका विभिन्न घाटहरुमा एकादशी मेला लागेको थियो ।
एकादशी मेला भर्नका लागि भक्तजनहरु बिहानै देखि फूलका लठ्ठा र डोली लिएर घाट तथा मन्दिरहरुमा पुगेका थिए । भजन किर्तन सहित भक्तजनहरु घाट र मन्दिरमा पुग्दा ति क्षेत्रको माहोल नै छुटै् हुन पुगेको थियो । तर यसपटक दमौलीमा भने फूलको लठ्ठा भने तारने क्रममा भने निकै कमी आएको थियो । दिउँसो दुई बजे एउटा पनि लठ्ठा तारेको देखिएको थिएन । त्यस्तै घाट र मन्दिर आसपासका क्षेत्रमा सुन्तला ,बदाम , सखरखण्ड , भट, चिउरा ,माछा बेच्नेहरुको समेत ठूलो भीड लागेको थियो ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares