Sharing is caring!

 

33575116_2094411014108569_2948957204364918784_n

साँझपख भेट्नलाइ, आउँछु भन्छिन ओठ टोक्दै,
जता भन्छौ बरु त्यतै, धाउँछु भन्छिन ओठ टोक्दै,

कोहि बस्न नसकेको,~ कोमल मेरो मन मुटुमा,
सधैंभरी तिमिलाइ नै स~जाउँछु भन्छिन ओठ टोक्दै

मेरै प्रेमको सागरमा , डुबिगैछिन~~ क्या रे
प्रेमकै गित बनाएर , गाउँछु भन्छिन ओठ टोक्दै

सबथोक त्याग्दै लुकिलुकी, भेट्न आए बापत
तिमिबाट उपहार के~ पाउँछु भन्छिन ओठ टोक्दै

मैले पनि धेरै कुरा उनलाइ, सम्झाइ बुझाइ गर्दा
तिम्रै हातको सिन्दुरपोते, लाउँछु भन्छिन ओठ टोक्दै

नबिना खनाल गौतम
पोखरा लामाचौर

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares