Sharing is caring!

37826213_1725150560917463_8637180778444226560_n

सुमन थापा

टक्क अडिएको छु
नियाल्दै ति बिगतहरु
फर्काउन सक्ने भए
त्यो बालापन ,
त्यो निश्चलता
त्यो अबोधता
छुट्न नदिइ रोकिन्थ्यो होला

तिमि सङ्गै
खेलेका लुकामारी
अस्ताउँदो घामलाई
रोक्न खोज्ने ती हातहरु
खर बारि भित्र लुक्दा
तिमिले खोज्दै हिँडेका
तिम्रा पद्चापहरु अनि
मुख छोपी हाँस्न खोज्दा
फुत्किएको हाँसो….
आज पनि उस्तै लाग्छ
कल्पनामा रमाउँदा ।

आँखा बन्द
हुँदा को अँधेरिमा
खोजी रहेछु
हिजोको सम्झना
मुटु चिमोट्ने यादहरु
नभएका होइनन्
मेरो हाँसो खोज्न तिमिले
बलेसिको पानी नछेपेको होइन

भोको पेट भर्न
छत्रछाँयाका हातहरु
धेरै टाढा हुँदाको पल…
तिमी लाई याद छ नि भाइ ?
अरुको घर बाट मग्मगाउँदो
बास्ना आउँदा सम्म
धुलौटे सडकमै
मुठ्ठी को घर बनाउँदै
हाम्रो सुसारमा रहेकी
धाइआमालाई कुर्दै हुन्थ्यौँ ।

अँधेरीको टुकि सङ्गै
घर पस्दाको पल..
तिमी त निदाइदिन्थ्यौ
अनि पो याद आउँथ्यो
बाबा आमाको सम्झना
थाहै हुन्थेन आँसु झर्दा झर्दै
कति बेला निदाइदिन्थे म पनि

ओहो !
कति रमाइलो थियो है
आकाश गर्जदै गर्दा ..
कुड्की टिप्दै हिँडेको
अनि तिमिलाई सम्झना छ?
आफ्नै सहपाठी लाई
रक्ताम्मे बनाएको?
कारण ..
सँसारकै प्यारी आमा प्रती
बोलेको अपशब्द ..
अनि दगुर्दै तिमिलाई जोगाउन
भकारी भित्र लुकाएको त्यो क्षण
सम्झँदा आजै जस्तो लाग्छ ।
ती यादहरु सङ्ग
हाँस्दैछु अझै पनि

नबनोस ती चिमोट्ने
याद हरु अनि ..
हाँसो खोस्ने पलहरु
अब त लाग्छ भाइ …
यी मुस्कुराउने ओठहरु
सँधै भरी..
जीवन जिउने आधार बनोस ।।
रमणीय क्षण बनोस ।।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares