Sharing is caring!

titepati_5b3ab72469209_36614413_2101847256729348_3535690784000966656_n

 

विवाहकोे निम्तो मैले, पठाउन बाध्य भएँ

जुर्यो लगन अर्कै सँग, उस्कै हुन बाध्य भएँ

 

अर्कै आयो आँगनिमा, आहा डोलि सजाएर

बिबश भइ पाउ उस्को, मैले छुन बाध्य भएँ

 

हेर्दा ऐना देँखे आफै भरिएको सिउँदोमा

नदेखेर तिम्रो छाया, अनि रुन बाध्य भएँ

 

सिन्दुर र चुरापोते भरिएर आयो मन

आँशू झारी आफ्नै रुप, आफै धुन बाध्य भएँ

 

लेखेको पो मिल्दोे रैछ, देखेर के गर्नु मैले
उसै सँग मुटु जोडी साट्न खुन बाध्य भएँ
नविना खनाल गौतम
पोखरा लामाचौर ,हाल काठमाण्डौं
 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares