Sharing is caring!

दमौली १२ भदौ
प्रथम गोरेबहादुर खपाङी स्मृती कप २०७५ सेभेन ए साइड नक आउट फुटवल प्रतियोगिता सोमबार देखि सुरु भएको छ ।
सो फुटवल प्रतियोगिताका प्रतिनिधी सांसद कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दे सांसद श्रेष्ठले यस किसिमको प्रतियोगिता खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने अवसर मिल्ने बताएका थिए । प्र्रतियोगिता मूल संयोजक बादल आलेको सभापतित्वमा भएको कार्यक्रममा मगर संघका केन्द्रीय अध्यक्ष नविन रोक्का मगर , नेपाली न्काग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले , नेकपा तनहुँका नेता राजेन्द्रकेशरी न्यौपाने , मगर युवाका केन्द्रीय अध्यक्ष अशोक सारु मगर , जनमुक्ति पार्टीकी केन्द्रीय सदस्य मन्दरी आले ,मोेहन राना , मनिराज थापा लगायतले बोलेका थिए ।
प्रतियोगितामा ३९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो खेल मगर युवा समाज धयेरे विजयी भएको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares