Sharing is caring!


मनाङ २० मंसिर । हिमाली पारीको जिल्ला मनाङमा रहेको घरेलु तथा साना उद्योग विकास समितिले ७ बर्षपछि उद्योग अधिकृत पाएको छ ।

२०६९ साल देखि नायब सुब्बाको भरमा सञ्चालन हुँदै आएको शाखामा उद्योग अधिकृतका रुपमा प्रदीप न्यौपाने हाजिर गरेसगै उद्योग विकास शाखा मनाङले उद्योग अधिकृत पाएको हो । उद्योग अधिकृतको जिम्मेवारी सम्हालेका न्यौपानले मनाङको आर्थिक र पर्यटन विकासमा टेवा पुग्ने सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । ४ गाउँपालिका रहेको मनाङमा २ सय ८९ वटा उद्योग दर्ता रहेका छन् ।

 
 
 
shares