Sharing is caring!

30185062_1672545239492500_1005526451_n

दमौली ५ वैशाख । व्यास नगरपालिकाले ७५ फिट भित्रका भौतिक संरचना हटाउने निर्णय गरेको छ ।
व्यास नगरपालिकाको चैत २२ बसेको बैठकले सो निर्णय गरेको हो । नगरपालिकाको उक्त निर्णय सगै व्यास नगरपालिकाको वडा नं १,२, ३ , ४, ५ र १२ अन्र्तगत पर्ने पृथ्वीराजमार्गको दायाँबायाँको ७५ फिट भित्रको संरचना भत्कने भएको छ । यसैबीच नगरपालिकाले वैशाख ४ गतेको मिति लागू हुने गरी ७५फिट भित्रका संचनाहरु ३५ भित्र हटाउनका लागि नगरबासीलाई अनुरोध गरेको छ । अन्यथा भत्काउन लाग्ने खर्च समेत सम्बन्धित धनी तथा संस्थाबाट असुल गर्ने नगरपालिकाले जनाएको छ ।
यस अगाडि पनि पटक— पटक ७५ फिट भित्रका संरचना हटाउने चर्चा हुने गरेको भएपनि यसपटक भने के हुन्छ होला भनेर त्यसलाई नगरबासीले निकै चासोका साथ हेरेका छन् ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares