Sharing is caring!

दमौली २४ मंसिर । व्यास नगरपालिकामा एक जिल्ला अस्पताल सहित झण्डै आधा दर्र्जन निजी क्षेत्रबाट सञ्चालन गरिएका हस्पिटलहरु रहेका छन् ।
तर सरकारी तथा निजी हस्पिटलहरुमा विशेषज्ञ चिकित्सक नहुँदा सम्बन्धित रोगका रोगीहरु पोखरा ,चितवन र राजधानी जान बाध्य छन् । यो समस्या सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिकामा मात्र होइन पुरानो सरकारी अस्पताल रहेको बन्दिपुर गाउँपालिका समेत त्यस्तै समस्या रहेको छ । भानु नगरपालिका , आँबुखैरेनी गाउँपालिका , म्याग्दे गाउँपालिका , भिमाद नगरपालिका , शुक्लागण्डकी नगरपालिकाका सरकारी स्वास्थ्य सस्थाहरुमा विशेषज्ञ नहुँदा त्यस क्षेत्रका सर्वसाधारण निकै सास्ती बेर्होनु परेको छ । ऋषिङ गाउँपालिका , घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकाकाका स्वास्थ्य संस्थाहरुमा विशेषज्ञ चिकित्सकको त कुरै छाडिदिऊ डाक्टरको उपस्थिती हुनु सौभाग्यको विषय हुने गरेको छ ।
यसरी सिङगो जिल्लामा विशेषज्ञ चिकित्सक नहुँदा सामान्य उपचारका लागि पनि तनहुँबासीले ठूलो रकम खर्चनु परिरहेको छ । त्यतिमात्र होइन उपचार गर्न जानेक्रममा सास्ती समेत बेर्होनु परिरहेको छ । तर जिल्लामा विशेषज्ञ चिकित्सक भित्रयाउने विषयमा सरकारी अस्पताल , निजी अस्पताल र स्थानीय तहको खासै ध्यान पुग्न सकिराखेको छैन । तनहुँमा विशेषज्ञ चिकित्सक भित्रयाउने विषयमा सरोकारवालाहरु ध्यान पुरयाउनु पर्ने जिल्लाबासीको भनाई रहेको छ ।

 
 
 
shares