Sharing is caring!

 

सेतीमादी संवाददाता
मंसिर १९ गते, दमौली तनहुँ

महालक्ष्मी विकास बैंक लिमीटेडले व्यास नगरपालिका वडा न.२ दमौली बजारमा आफ्नो नयाँ शाखा कार्यालय बु्धबार एक कार्यक्रमको बिच उद्घाटन गरेको छ ।

सो शाखाको उद्घाटन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले रिबन र दीप प्रज्वलन गरि शाखाको उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि न्यौपानेले कृषि, पर्यटन र शिक्षामा पनि निजि क्षेत्रको सहयोग र साथ चाहिने हुदा यो बैंकले सामाजिक क्षेत्रमा पनि सहयोग गर्न आग्रह गरेका थिए । व्यासमा बैकिङ क्षेत्रको स्थापनाले नगरबासिलाई विभिन्न लगानि अर्थात व्यापार गर्न सहज भएको प्रमुख न्यौपानेको भनाई रहेको थियो ।

उक्त उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, तनह्ुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजि श्रेष्ठ, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, दमौली शाखाका प्रमुख सुदिप न्यौपाने लगाएतले बोलेका थिए । सो बैंकले देशभर ८६ वटा शाखा कार्यालयबाट कारोबार गर्दै आईरहेको छ ।

 

जनताको पहुँच बढाउन शाखा विस्तार– प्रमुख कार्यकारी अधिकृत लामिछाने


सो शाखाको उद्घाटन समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कुण्णराज लामिछानेले आफ्नो ग्राहकको आवश्यकतालाइ गाँउ स्तरसम्म पुगेर जनताको पहुँच बढाउन शाखा विस्तार गरेको बताएका छन् ।
सहज, सुलभ र विश्वसनीयता ध्यान दिँदै निरन्तरता दिने प्रतिबद्धता व्यक्क्त गरेका थिए । २०÷२५ हजारले कृषकलाई समस्या नपर्ने र करोडौं लगानीमा पनि ठुला व्यावसायीलाई यस बैँकले कर्जा दिने उनको भनाई थियो ।
प्रमुख कार्यकारी अधिकृत लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यावसायी तथा स्थानीय सर्वसाधारण उपस्थितिप्रति सबैलाई धन्यवाद व्यक्त्त गरेका थिए ।

 
 
 
shares