Sharing is caring!

दमौली १४ मंसिर । गत मंसिर ५ गते देखि वेपत्ता भएका ऋषिङ गाउँपालिका वडा नं १ का संयोजक एवं पूर्व गाविस उपाध्यक्ष उडबहादुर आलेको शव बुधबार फेला परेको छ ।

आलेको शव व्यास नगरपालिका वडा नं १३ स्थित बेनीकोटको भीरमा फेला परेको हो । आलेको शव भेटिएको स्थान उनको घरबाट साँढे २ घण्टाको दुरीमा रहेको छ ।। परिवारजनले दिएको जानकारी अनुसार ६५ बर्षिय आले उक्त दिन बाख्रा चराउनका लागि भनेर गएका थिए । बाख्रा चराउन गएका आले हराएपछि स्थानीयले आलेको खोजी गरेका थिए । साथै प्रहरीमा समेत जानकारी गराएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार आलेको टाउको ,घुडा र खुटका विभिन्न भागमा चोट लागेको छ । यता मृत अवस्थामा भेटिएका आलेको भीरबाट लडेर मृत्यु भएको हो कि हत्या भएको हो भनेर स्थानीय शंका व्यक्त गरेको अवस्था छ । मृतक आलेको शरीरका विभिन्न चोट लागेको हुँदा हत्या भएको हुन सक्ने सम्भावना बढी देखिन्छ बिहिबार सदरमुकाम दमौली आएका स्थानीयले शंका व्यक्त गर्दे भने । यता प्रहरीले भने घटनाको विषयमा अनुसन्धान भईरहेको जनाएको छ । घटनाको सूक्ष्म ढंगले अनुसन्धान भईरहेको भीरबाट लडेर हो कि हत्या हो अनुसन्धान पछि खुल्छ डिएसी श्यामु अर्यालले भने ।

 
 
 
shares