Sharing is caring!

40198885_2230656647165261_6255273005065175040_n (1)प्रकाश अधिकारी
सयुक्त अरब इमिरेटस् (यूएई ) मा भदौ ७, ८ र ९ गते सम्पन्न एनआरएन छैटौं मध्यपूर्व सम्मेलनमा सञ्चारकर्मीको हिसाबले सहभागिता हुने अवसर मिलेको थियो । सो सम्मेलनमा सहभागी हुने अवसर मिल्दै गर्दे सयुक्त अरब इमिरेटस्लाई नजिकबाट नियालेर अवसर मिल्यो।
भौगालिक हिसाबमा सयुक्त अरब इमिरेट्स सात राज्य मिलेर बनेको मुलुक रहेछ । जुन मुलुकमा रहेका आबुधावी, अजमान, दुवई, फुजैराह, रासअल–खाईमाह, शारजाह र उम्म अल–कुवाईन प्रदेशहरुमा छुट्छुट्ै राजाहरु हुने रहेछन् । त्यसमध्ये अवुधावीका राजा मुख्य राजा रहने प्रचलन रहेछन् । सयुक्त अरब इमिरेटस् सन् १९७१ मा ब्रिटिस साम्राज्यबाट मुक्त भएको रहेछ । सन् १९७१ मा ब्रिटिस साम्राज्यबाट मुक्त सयुक्त अरब इमिरेटस्को विकास यतिबेला चरम उत्कर्षमा पुगेको छ । जुन हाम्रो कल्पना भन्दा बाहिरको विषय लाग्दछ ।

40231334_648109995559280_6454732780940034048_n
पर्यटनका हिसाबमा लण्डन, पेरिस, बैँकक पछि चौँथो देशमा पर्ने सयुक्त अरब इमिरेटसरमा दैनिक १० लाख भन्दा बढी पर्यटक घुम्नका निम्ति आउँदा रहेछन् । ८३ हजार ६ सय वर्ग कि.मि क्षेत्रफलमा रहेको सयुक्त अरब इमिरेट्समा २७.८ % भारतीय नागरिक १०.२% पाकिस्तानी १५.१% यूरोपियन रहेको देशमा नेपाली भने वैधानिक तरिकाले बसेका ३ लाख नेपाली रहेका छन् । यूएईमा कुल जनसंख्याको ९०% साक्षर रहेका छन् । त्यस्तै प्रतिव्यक्ति आय अमेरिकी डलर ४३ हजार १७० रहेको छ । मानिसको औषत आयु पुरुष ७४ महिला ८० वर्ष रहेछ भने शहरमा ८५% र गाँउमा १४% मानिस बस्दा रहेछन् । राष्ट्रिय मुद्रा दिराम र राष्ट्रिय धर्म ईस्लाम राष्ट्रिय भाषा अरबी रहेको छ । जसको राजधानी भने आबुधावी रहेको छ ।

40321005_517544988708813_3130819434076176384_n
हाम्रो मुलुकमा दमौलीबाट काठमाडौँ जादा होस् या सुन्धाराबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जादा सडक बाटोमा निकै सास्ती वेहोर्नु पर्दछ । जब ४ घण्टा १५ मिनेटमा दुवईको एयरपोर्ट झरे नेपाल कहिले यस्तो भन्ने भनेर कल्पना गरे । हुन त मेरो तेस्रो विदेश यात्रा थियो तर भारत, कतार भन्दा निकै विकसित राष्ट्रमा पर्न देश रहेछ सयुक्त अरब इमिरेटस ।

40307357_293084988144336_5342124724136706048_n
सफा, चिल्ला र फराकिला बाटाहरुमा सप्तरंगी इलेक्ट्रिक बत्तीहरु बलिरहेका थिए । थरी–थरीका बिजुली बत्तीले गगनचुम्बी महलहरु धपक्कै बलेका थिए । स्थानीय नागरिक भनौं या विभिन्न देशका नागरिक साँझ परेपछि पार्क देखि सडकहरुमा घुम्न व्यस्त देखिन्थे । तर प्राय मानिसहरु काममा नै दैनिक बिताउने भएकाले पर्यटक बढी देखिन्थे । फनपार्क, सामुन्द्री किनार या सपीङ मलहरुमा, खजुरका बोटहरु पनि धपक्कै बलेका थिए ।

40227558_470621423421991_6716602090937909248_n (1)
विश्वकै सपिङ हबको रुपमा विकसित दुबई संसारकै अग्लो टावर, पामजुमेरा, दुवई मल, दुवई म्यूजियम, जुमैराह मस्दित, सिख जायत रोड, दुवई अक्वारीयम, बुज अल अरव, अत्याधुनिक आर्किटेक्ट, खुल्ला अर्थनीति, यूरोपियन जीवनशैली कारण धेरैको चासोको केन्द्र बन्दै गएको रहेको छ । यस दुवईको पर्यटन स्थानहरुको व्याख्या गर्न ५÷६ दिनको भ्रमण गाह्रो हुने रहेछ । नेपालीहरु साधरण मजदुर, हाउसमेड देखि होटल, सेल्स, सेक्युरिटीसम्म र बहुराष्ट्रिय कम्पनीका उच्चपदहरुमा नेपालीहरु काम गर्दा रहेछन् ।
खाडीभित्रको यूरोप रुपमा चिनिने यूएई विकासमा प्रकृतिलाई समेत चुनौती दिएको देखिन्थ्यो । अहिले दुनियाँकै लोभलाग्दो देशका रुपमा रुपान्तरण भएको मैले बुझे । चालक बिनाको मेट्रोले झन् अचम्म पार्दै पर्यटकलाई ध्यानार्कषण गर्ने रहेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपालका बहुमत सहितको सरकारले समृद्ध नेपाल बनाउने नारा लगाई रहँदा बालुवा उचाल्दै गरेका नेपालीको आत्मा धुरुधुरु रोई रहेको अनुभूति त्यहाँ पुग्ने जोकोहीले पनि गर्दछ । किनकी नेपालको नियम, कानुन विकासको शैली र नेताहरुको गफका बोलीहरुले गिज्याई रहेको अवस्था छ ।

त्यहाँ नेपाललाई समृद्धि बनाउने विचारहरु पोखिदै गर्दा नेपाली राजनीतिभित्र प्रवृत्तिमाथि टिकाटिप्पणी गरेको सुनिन्छ । मैले समिक्षा गर्छु र सोच्छु, के नेपालीहरु विदेशिन आवश्यकता थियो वा छ ? अन्तिम समयमा नेपालमा बेरोजगार भएर बस्दै गर्दै हजारौँले वैदेशिक रोजगारी नै सोच्न पर्न बाध्यता आउन सक्छ । त्यसैले नेपाल सरकार गफमा भन्दा काम गरेर देखाओस् भन्ने प्रत्येक नेपालीको अपेक्षा छ । अन्तमा, हाम्रो टोलीमा रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखक, नेपाली कांग्रेसका युवा नेता पूर्णबहादुर गुरुङ, एनआरएन गल्फ सह-संयोजक प्रबिन गुरूङ, एनआरएन आइसिसि सदस्य मनोज कुमार श्रेष्ठ, संघीय समाजवादी पार्टी प्रदेश सदस्य गोपाल गुरुङ, शिवहरी धिताल लगायतको उपस्थितिले भम्रण निकै स्मरणीय बनाएको थियो ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares