Sharing is caring!

39080081_1849274465119308_4042121033686188032_n

काठमाण्डौं ४ मंसिर । चाकडी र घुस विरुद्ध वीर अस्पतालका न्यूरो सर्जरीमा कार्यरत प्रा.डा. धु्रवराज अधिकारीले नयाँ अभियान थालनी गरेका छन् ।
यसरी नयाँ अभियान थाल्ने क्रममा प्रा.डा. अधिकारीले चाकडी र घुस दिएर जागिर खान भन्दा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा बुझाएका छन् । राजीनामा बुझाउने प्रा.डा. अधिकारी वीर अस्पतालमा कार्यरत नवौ तहका डाक्टर हुन् । साथै न्यूरो सर्जरी युनिट प्रमुख समेत हुन् । प्रा.डा. अधिकारी स्वास्थ्य मन्त्रालयमा बुझाइएको राजीनामा पत्रमा वीर अस्पतालले बारम्बार पत्र लेख्दा तथा आफूले अथक प्रयास गर्दा पनि खाली भएको पदमा अन्य उम्मेदवार नहुँदा समेत आफूलाई पोष्टिङ नगरिएको उल्लेख गरिएको छ । विगत ३० बर्ष देखि स्वास्थ्य सेवामा कार्यरत प्रा.डा. अधिकारी चार महिना पछि निवृत हुँदैछन् । निवृत हुन चार महिना बाँकी रहेको अवस्थामा आफूलाई पोखरा सरुवा गरिएको प्रा.डा. अधिकारीको भनाई रहेको छ ।

46451739_10213322586641763_7285843699001458688_n

आफूलाई पोखरा सरुवा गरिएपछि बिरामीको स्वास्थ्य उपचार तथा विद्यार्थीको भविष्यमा ठूलो असर पर्ने प्रा.डा.अधिकारीको भनाई रहेको छ । निवृत हुने बेलामा आफूलाई दुःख दिने नियतले पोखरा सरुवा गरिएको र पोखरामा आफूले बिरामीलाई उपचार गर्ने अस्पतालको वातावरण नभएको समेत प्रा.डा. अधिकारीको भनाई छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares