डम्बर अधिकारी
आइतबार व्यवस्थापिका संसद भएको निर्वाचनमा काग्रेस सभापति सुशील कोइरालालाई पराजित गर्दे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री बन्न पुगेका छन् । यो पछिल्लो राजनीतिक घटनाक्रमले काग्रेस सभापति कोइरालाको चुलिदो उचाईमा नराम्रो ठेस लाग्न पुगेको टिकाटिप्पणी चौतर्फी रुपमा गरिदैछ ।
निवर्तमान प्रधानमन्त्री एवं काग्रेस सभापति कोइरालाका विषयमा जे जस्ता टिप्पणी भएपनि कोइरालाले आफू हारेर नेपाली जनतालाई जिताएका छन् । किनकि कोइरालाको नेतृत्वमा साँढे ६ दशक देखि नेपाली राजनीतिमा उठ्दै आएको संविधान सभाको विषयले सार्थकता पाएको छ । पछिल्ला राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेर हेर्ने हो भने कोइरालाको नेतृत्वमा संविधान जारी भईरहँदा तराई मधेशमा आन्दोलनको ज्वारभाटा दन्किरहेको थियो ।जुन ज्वारभाटलाई भारतको अघोषित नाकाबन्दीले घिऊ थप्ने काम गरिरहेको थियो ।
त्यहीबीचमा नेपालमा सत्ता परिवर्तनको अध्याय सुरु हुन पुग्यो । धेरैको अपेक्षा थियो सहमतिका आधारमा सत्ता परिवर्तन हुन्छ भनेर तर सत्ता परिवर्तन अन्तिम घडीमा यस्तो परिस्थिती सिर्जना हुन पुग्यो कि सहमतिका आधारमा सत्ता परिवर्तन हुँदा पनि तराई मधेशमा जारी आन्दोलन रोकिने र भारतको अघोषित नाकाबन्दी खुल्ने संकेत देखिएन । फलस्वरुपः काग्रेस सभापति कोइरालाले आफ्नो लामो राजनीतिक इतिहासलाई दाउँमा राखेर प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गरे । भलै प्रतिस्पर्धामा कोइराला हार्न पुगे ।
प्रधानमन्त्रीको चुनावी प्रतिस्पर्धामा कोइराला हारे पनि देशले जितेको छ । यस अर्थमा देशले जितेको छ कि जारी संविधान असहमति जनाउँदै आन्दोलनमा होमिका तराई मधेश केन्द्रित राजनीतिक दलहरु संसद भवन छिरेर प्रधानमन्त्री चयन प्रक्रियामा भाग लिएका छन् । त्यतिमात्र होइन तराई मधेशमा आन्दोलनको मोर्चा सम्हाल्ने फोरम लोकतान्त्रिक लगायतका राजनीतिक दलहरु सरकार सञ्चालन गर्न पुगेका छन् ।त्यस्तै विगत दुई महिना देखि भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी कोइरालाको पराजय संग खुल्न पुगेको छ ।यसलाई कोइरालाको महानता मान्नुपर्दछ ।
झट् हेर्दा कोइरालाको यो पछिल्लो निर्णय जो कोहीलाई अदूरदर्शी जस्तो लागेको छ ।तर इतिहासको कालखण्डमा कोइरालाको यो पछिल्लो निर्णय कोशे ढुङगा सावित हुनेछ ।तसर्थ अहिले काग्रेस सभापति कोइराला हार्देमा केही बिग्रेको छैन । किनकि कोइरालाले हार्दे गर्दा नेपाल र नेपाली जनताले जितिरहेका छन् ।
0 Comments
You can be the first one to leave a comment.