Sharing is caring!

डम्बर अधिकारी
कंगो बुनिया १२ साउन

13659199_277589922608444_2945487072175186264_n
जोखिम मोलेर युद्धग्रस्त मुलुक कंगोमा नेपाली सेना विकास निर्माण कार्यमा जुटिरहेको छ ।
खासगरी नेपाली सेना कंगोमा सडक, पुल र एयरपोर्ट मैदान निर्माणमा जुटिरहेको छ ।
बुनिया स्थित इन्जिनियरिङ्ग कम्पनीका लेफ्टिनेन्ट कर्णेल हरिशरण अधिकारीका अनुसार नेपाली सेनाको इन्जिनियरिङ्ग टोलीले सन् २००३ देखि २१ सय किलोमिटर सडक निर्माण गरिसकेको छ । त्यस्तै सेनाले बेनी एयरपोर्ट निर्माण देखि विभिन्न ठाउँमा बेलिब्रिज लगायतका संरचनाहरु समेत निर्माण गरेको छ । ले. कर्णेल अधिकारी सेनाले निकै जोखिम मोलेर विकास निर्माण कार्य गर्दै आइरहेको छ । विकास निर्माणका अलावा एम्बुस तथा वम निष्कृय कार्य समेत सेनाले गर्दै आईरहेको ले. कर्णेल अधिकारीले बताए ।
नेपाली सेनाले गर्दै आएको विकास निर्माण कार्य निकै उत्कृष्ट रहेको ले. कर्णेल अधिकारी बताउँछन् । कंगोमा नेपाली सेनाले विकास निर्माणका साथसाथै विभिन्न समयमा स्वास्थ्य शिविर समेत आयोजना गर्दै आईरहेको छ नेपाली सेनाले विकास निर्माण लगायत स्वास्थ्य सेवामा पु¥याउँदै आएको कार्यप्रति स्थानीय वासिन्दाले निकै प्रशंसा गर्ने गरेका छन् ।

13645076_277589812608455_1553817756151656443_n
युद्धग्रस्त मुलुक कंगोमा नेपाली सेनाले विकास निर्माण र स्वास्थ्य सेवामा पु¥याउँदै आएको योगदान निकै प्रशंसनीय रहेको नेपाली सेनाको अवकास प्राप्त उपरथी महेश विक्रम कार्की बताउँछन् । उपरथी कार्की नेपालको इज्जत राख्ने हिसावले नेपाली सेनाले काम गर्नुपर्ने समेत बताउँछन् । यसैबीच उपरथी कार्कीको नेतृत्वमा सेनाको एक टोलीले कंगो मिसनको निरिक्षण गरेको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares