Sharing is caring!

डम्बर अधिकारी
कंगो बेनी ९ साउन
युद्धग्रस्त अफ्रिकीमुलुक कंगोमा खटिएको नेपाली सेनाले कंगोबासीको मन जित्दै गएको छ ।

13707795_276664942700942_7425879811557999273_n
खासगरी आफ्नो ज्यान जोखिममा पारेर कंगोबासीको शान्ति सुरक्षामा खटिएपछि नेपाली सेनाले कंगोबासीको मन जित्दै जान थालेको हो । स्थानीय बासिन्दाहरु संयुक्त राष्ट्रसंघले खटाएको अन्य देशको सेना मध्ये आफूहरुलाई नेपाली सेनाको बढी भरोसा लाग्ने बताउँछन् । स्थानीय बासिन्दाहरुका अनुसार नेपाली सेनाको टोली जस्तो सुकै जोखिम मोलेर पनि कंगोबासीको शान्ति सुरक्षा गर्दै आइरहेको छ ।
कंगोबासीको सुरक्षामा खटिदै आएको नन्दबक्स गण २२ औं डफ्फाका गणपति चक्रबहादुर शाह नेपाली सेनाले जिम्मेवारीपूर्ण ढंगले कंगोबासीलाई सुरक्षा प्रदान गर्दै आइ रहेको बताउँछन् । गणपति शाहका अनुसार कंगोको बेनीमा गण तथा माभिभि एयरपोर्ट, वियाकाटु, मुत्वाङगामा क्याम्प खडा गरी नेपाली सेनाले कंगोबासीको सुरक्षा गर्दै आईरहेको छ । त्यस्तै इरिङ्गिटीमा अस्थायी क्याम्प खडा गरी कंगोबासीको सुरक्षा गर्दै आइरहेको छ । कंगोमा खासगरी हत्या, लुटपाट, अपहरण र दोहोरो भिडन्तका घटनाहरु दिनहुँ जसो हुने गणपति शाह बताउँछन् । गणपति शाहका अनुसार नन्दवक्स गणले जिम्मेवारी पाएका क्षेत्र भित्र १८ अगष्ट २०१५ देखि हाल सम्म ८ सय ३३ हत्या, २ सय १२ लुटपाट, ३ सय १० अपहरण, ४३ बलात्कार र १ सय दोहोरो भिडन्तका घटना भएका छन् । त्यस्तै यो अवधिमा ३ सय ३८ घाइते, ३६ एम्बुस बिस्फोटका घटना समेत भएका छन् । त्यसैगरी यो अवधिमा २ सय ४५ जना पक्राउ र ४० जनाले आत्मसमर्पण समेत गरेका गणपति शाहले बताए । त्यसैगरी गणपति शाहका अनुसार यो अविधिमा ४१ थान हतियार समेत फेला परेको छ ।

13658971_276673669366736_7144937634883928940_n
युद्धबाट ग्रसित कंगोमा खासगरी एडिएफ, माई–माई र एफ.डि.एल. गरी तीन समूहका विद्रोही समूहहरु रहेका गणपति शाह बताउँछन् । गणपति शाहका अनुसार यि विद्रोही समूहले जुनसुकै बेला पनि हत्या, लुटपाट, बलात्कार लगायतका घटनाहरु गर्ने गर्दछन् ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares