Sharing is caring!

काठमाण्डौं ६ पुस । नेपाली काग्रेसको महासमिति बैठकमा हिन्दु राष्ट्रको माग गर्दे संकलन गरिएको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ।

नेपाली काग्रेसका महासमिति सदस्य मिनकृष्ण महर्जनले जानकारी दिए अनुसार नेपाली काग्रेस डडेलधुराका सभापति कर्ण मल्ल सहितको टोलीले पार्टी सभापति देउवालाई शुक्रबार उक्त हस्ताक्षर बुझाएको थियो । उक्त अभियानमा काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पहिलो हस्क्षार गरेका थिए भने केन्द्रीय पुष्पा भूषाल लगायतका नेताहरु ८ सय महासमिति सदस्यले हस्ताक्षर गरेका थिए ।

काग्रेसको महासमिति बैठकमा नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनु पर्ने भन्दै चर्को वहस भईरहेको छ ।

 
 
 
shares