Sharing is caring!

दमौली २१ चैत ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुरेन्द्र लौडारी नेविसंघको महाधिवेशनमा सहमहामन्त्रीमा उठ्ने तयारी गरेका छन्।

12921171_1001003546646676_1302623132_n

नेपाली काँग्रेसको संयुक्त भातृ संगठन नेपाल बिद्यार्थी संघको आगामी महाधिवेशनमा लोकप्रिय र जुझारु बिद्यार्थी नेता सुरेन्द्र लौडारी सहमहामन्त्रीमा उठ्ने तयारी संगै साथिहरू संग भेटघाट तिव्र रूपले बढाएका छन् ।पाटी सभापति शेर बहादुर देउवाले छ महिना भित्र अधिवेशन गर्न निर्देशन दिएपछि जेठ महिना भित्र महाधिवेशन गर्ने भन्दै केहि दिन अगाडि केन्द्रीय समितिले जानकारी दिएको थियो ।अधिवेशन गराउन यहि समितिले गराउने कि विघटन गरेर अर्को समितिले गराउने भन्नेमा अन्योल समेत रहेको छ।विद्यार्थीको राजनितीमा लोकप्रिय लौडारी देश भरिका विद्यार्थी साथिहरूको साथ र समर्थन आफूलाई रहेको बताउँछन् ।केही हप्ता पछि लौडारीले मेचीमहाकालीका विभिन्न जिल्लाको भ्रमण समेत गर्ने बताए ।लौडारी वर्तमान केन्द्रीय कार्यसमितिको केन्द्रीय सदस्य पनि रहेका छन् ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares