Sharing is caring!

दमौली २३ मंसिर ।
आदिकवि भानुभक्त क्याम्पस इकाईको आयोजनामा शनिबार अकला मन्दिरमा वनभोज कार्यक्रम आयोजना गरियो ।
वनभोज कार्यक्रममा नेपाल विद्यार्थी संघ संग आवद्ध विद्यार्थी तथा काग्रेस नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपाली काग्रेसको जग नेपाल विद्यार्थी संघ भएको हुँदा काग्रेस बलियो बनाउनका लागि पनि नेविसंघ बलियो बनाउनु पर्नेमा जोड दिएका थिए । साथै मुलुकमा जटिल परिस्थिती सिर्जना हुँदा नेविसंघ टुलुटुलु हेरेर बस्न नहुने समेत पूर्वमन्त्री भण्डारीको भनाई थियो ।
क्याम्पस इकाई अध्यक्ष सुर्दशन पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नेविसंघ तनहुँका अध्यक्ष चुडामणि खनाल, स्ववियू सभापति दुर्गा भण्डारी र क्याम्पस इकाई सचिव गौरव पन्थ लगायतले बोलेका थिए ।

 
 
 
shares