Sharing is caring!

images_cms-image-000027362

सेतीमादि संवाददाता

कात्तिक २६ गते दमौली तनहुँ।

राष्ट्रिय राजनीतिमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारको गतिविधीले देशमा दैनिक जस्तो उत्पन्न भैरहेका समस्याहरू, वढ्दो सुरक्षा बेथिति, भ्रष्टाचारजन्य क्रियाकलाप बढ्दै गएको जनगुनासो लाई सम्बोधन गर्दै सरकारको खबरदारी गर्न छाडेर आफै भित्रको आन्तरिक गुटवन्दी, लुछाचुडी र किचलोमा बिताइरहेको छ।

देशमा दुई तिहाई बहुमतको सरकारले गरेका कतिपय निर्णय तथा वढ्दो बलत्कारका लगाएतका आपराधिक घटनाका दोषी पत्ता लगाउन नसक्दा जनतामा आक्रोश र निरासा वढ्दै गईरहेको छ ।

गत महानिर्वाचनमा जनताका अगाडी कम्युनिस्टले छरेका कांग्रेस भ्रमलाई चिर्न नसक्दा नराम्रो पराजय व्यहोरेको कांग्रेसको  गति र मती अझै सुध्रन सकेको छैन ।

निर्वाचनमा जनतालाई वामघटकहरूले बाँडेको काल्पनिक योजनाहरूको संभव र असंभवता तथा वर्तमान वाम सरकारका गतिविधि र कृयाकलाप जनता माझ राखेर, जनसरोकारका विषयलाई जोड तोडले उठाउदै आफ्नो संघठन सुदृढ़ गराउदै अगाडि वढ्नु पर्ने कांग्रेस आफै भित्र छिन्नभिन्न हुने वढ्दो कृयाकलापमा व्यस्त छ , आफै भित्र पक्ष प्रतिपक्षको अवस्था सृजित गराउदै गुट उपगुटको संरक्षण र विकासमा तल्लीन छ ।

सरकार संग जनसरोकारका विषय र सरकारमा पुगेका दलहरूको घोषणापत्र मार्फत जनतालाई चुनावी वाचा गरेका विषयहरू लाई मुद्धा वनाएर जनता साथ लिएर यो सरकार संग जुघ्न सकेको छैन।
नेपाली कांग्रेस गुटबन्दीको घेरा वरिपरि घुमिरहेको छ।

कांग्रेस महासमिति बैठकमा उठाउने विधान संशोधनका केही बुदाहरूमा संस्थापन इतरका भुरे, टाकुरे गुट तथा खेमाका व्यक्तिहरू असन्तुष्ट छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेताहरू पार्टीमा आफ्नो समूह लाई एकढिक्का वनाउदै सुदृढ़ र मजबुत वनाउदै लगिरहेका छन् । यता हेर्दा बाहिरी रूपमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेता माने जस्तो गर्ने तर उनैलाई मियो वनाए झै गर्दै उनी संग जोडिएका र उनलाई समुहको नेता मान्ने प्रत्येक उपनेताहरूका छुट्टा छुट्टै गुटबन्दीको वढोत्तरी दिन प्रतिदिन देखिन्छ। प्रशंसाको घेरा ठुलो तर कमजोर रक्षापक्तिमा नेता पौडेल रहेका छन्।

पार्टीमा केहि निर्णय गर्दा सभापति देउवाका निर्णय एजेन्डा सर्वमान्य हुन्छन् भने पौडेलका एजेन्डा आफू निकट नेताबाटै तिव्र बिरोध र आलोचना हुन्छ।

पार्टीको महाधिवेशन सकिएको पनि ३४ महिना पुगिसकेको छ भने एक वर्ष थप्दा अझै अठार महिना बाकी हुन आउछ। सभापतिको पुनः आकांक्षा राख्दै सभापति देउवाले भित्रि तयारी गरिराखेका छन् । देउवा निकट नेताहरू कसैले पनि आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारीको बिषयमा मुख खोलेका छैनन् भने नेता पौडेल सबैलाई मिलाएर सभापति बन्न सकिन्छकी भन्ने सोचमा रहेका हुन सक्छन् ।

पौडेल पक्षबाट महामन्त्री शशांक कोईराला, प्रकाशमान सिंहले त सभापति अब म हो भन्दै केहि कार्यक्रममा घुमाउरो पाराले मुख खोली सकेको अवस्था छ। देउवा र पौडेल आफ्नै पार्टीमा चरम व्यक्तिवादी प्रवृत्ति हावी गराउदै वढीरहेका छन्।गुटवन्दी र व्यक्तिवादी प्रवृति हावी हुदा समग्र देशव्यापी ईमानदार कार्यकर्ता दु:खी र निरास वन्दै गईरहेका छन्।

पार्टीलाई सशक्त संगठन र सरकारका गलत निर्णयलाई खबरदारी गर्दै अगाडि बढ्ने गहन र महत्वपूर्ण ज़िम्मेवारी र वामपन्थीहरूको नक्कली राष्ट्रवादी चरित्र उदाङ्ग पार्दै कांग्रेस  विरूद्ध छरिएका वामपन्थी भ्रम चिर्ने सुअवसर कांग्रेसलाई प्राप्त भएको छ ।  यस अवस्थामा भविश्यमा एकले अर्कोलाई पराजित गर्ने अनुपयुक्त गुटवन्दीमा अल्झनु भन्दा वर्तमानमा पार्टीको जनताका नजरमा गिरेको साख फिर्ता गर्दै संगठन सुदृढ़ीकरणमा पार्टी नेतृत्व निस्वार्थ रूपले लाग्नुपर्ने देखिन्छ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares